जीवनमा तीन कुरा ज्याँदै महत्त्वपूर्ण हुन्छन्।
१) हेल्थ (Health)
२) पैसा (Money)
3) समय (Time)
बिडम्बना ! यी तिनै कम्पोनेन्ट ९९% लाई एकैपटक उपलब्ध हुन्न । यी तत्व एकैसाथ नबस्ने बिचित्रको प्रकृति छ । मुस्किलले दुईवटा सँगै हुन्छन् ।
उमेर समूहको कुरा गरौं ।
१) २०-४० वर्षका मान्छेसँग हेल्थ र टाईम हुन्छ । तर मनी हुन्न ।
पठनपाठन, जागिर, बिहेबारी यावत् कुराले खुई खुई गर्दै सकिन्छ ।
२) ४०-६० वर्षका मान्छेसँग हेल्थ र मनी हुन्छ । तर टाईम हुन्न ।
जागिर, प्रोमोशन, व्यवसाय, केटाकेटीको पढाई, बिहेबारीले बिचरा मरिच जसरी खुम्चन्छ ।
३) ६०-१०० वर्षसम्मको सँग धनसम्पत्ति हुन्छ । पेन्सनबाट आउँछ । समय जत्ति पनि हुन्छ । तर हेल्थ रहन्न । मात्र तातो र आराम गर्न मनपर्छ रे ।
मेरो भनाइलाई सपोर्ट होस् भनी त्यहीक्रममा मैले एउटा ‘Die With Zero’ भन्ने किताब पढ्न पनि सुझाएँ । किताबको अर्थ हुबहु होइन कि काजीवादी शैलीमा ढालेर यसो पस्केको छु… मीठो मानेर खानुहोला।
दुईवटा प्रसङ्ग कोट्याउँदा प्रष्ट हुने र टेकअवे पनि हुन्छ भनी कोसिस गरेँ।
जोन एरोनको जोडीको दिन राम्ररी चलिरहेको थियो । वकिलको जोडी तलब त राम्रो हुन्छ नै र तीनजना नानीहरू ।
अचानक ३५ वर्षे जोनलाई क्यान्सर लागेछ र शरीरभरि फैलिएछ।
परिवारको लागि यो सकिङ न्यूज हो !
डाक्टरले करिब तीन महिनाको समय दिएछ । उनको श्रीमतीलाई असैह्य भएर एउटा क्रान्तिकारी निर्णय लिइन् । अचानक राजीनामा दिई जतिन्जेल श्रीमान् बच्नुहुन्छ, त्यतिन्जेल सँगै बस्ने, हिँड्ने, सिनेमा, घुमघाममा जाने, केटाकेटीलाई पिक अप र ड्रप अफ… पूरै समय दिन्छिन् । त्यही समयमा श्रीमान्ले बिदा लिन्छन् । एरोनाले सबै कुरा थाती राखेर फाइनान्सियल बर्डेन हुँदाहुँदा पनि पटक्कै रिग्रेट गरिनन् । कम्तीमा पनि जोनको अन्तिम तीन महिनामा सँगै रहन पाउनु वा क्वालिटी टाइम सियर गर्न पाउनुमा औधी खुशी छिन् ।
बिल पार्किन्सन पेशाले इन्जिनियर हुन् । तर उनी स्टक ब्रोकर हुँदा पैसा बनाए।
बज्यै आमालाई १० हजार डलर नातिको तर्फबाट दिन्छ । बज्यैखुशी भइन् । तर जति हुनुपर्ने भइनन् । पैसा कम भएर होइन कि त्यो पैसा उनलाई चाहिएको नै छैन । बज्यैले तातो सुईटर किन्ने विचार गरिन् । त्यो पनि आफैलाई होइन कि उही बिललाई !
कथाको ट्वीस्ट यहाँनेर छ।
प्रायश : जीवन वा आयु लामो बनाउन ब्यक्तिको आफ्नै अनुशासनमा भर पर्दछ ।
ईकिगाई मोडालिटी ठीक होला।
नभएको चीज खोज्नुभन्दा पनि भएका वा उपलब्ध भएकाहरूबाट लाभ लिन सकिन्छ।
जोन र उनकी श्रीमतीको कथाबाट हामीले लाभ लिउ कि !
बिलको बज्यैले एप्रिसियट गरे तापनि जवानीमा एक पछि अर्को खुई खुई थियो । अहिले केही ईच्छा छैन…बुढीमाउलाई आराम गर्ने, सुत्ने, अलि न्यानो चाहिन्छ !
यी पात्रहरू तपाईं हामी बीचमा छौं ।
पात्रहरू र पात्रतामा रहेका गुणदोषहरू शिक्षाप्रद हुन्छन् जस्तो लाग्दछ।
सक्नुहुन्छ टाइम बकेटीङमा ध्यान दिनुहोला।
हेल्थ, मनी र टाईमको त्रिवेणीमा वा ओदानमा कमसेकम दुई टेको जोगाउनुहोला । एउटा मात्र टेकोले तपाई ओछ्यानमा पर्नुहुन्छ।
मनोक्रान्तिका साधकहरू ६० दशक हाराहारीका धेरै हुनुहुन्छ । साथीहरूसँग मनी र टाईम छँदैछ । हेल्थ जोगाउन वा बिलको बज्यैले जस्तो उछ्यानकोलाई नातिको आर्जन् १० हजार डलर के काम भने जस्तै मनोदशा नहोस् ।
अल्पायु त रोक्न सकिन्न होला । तर म्यानेज गर्न सकिन्छ कि !
गिफ्टिङ्ग गर्न सक्ने हैसियतका नाति नातिनीका आर्जन् खान हेल्थ चाहिन्छ ।
लामो आयु चाहिन्छ । तर अरूको दया, माया, सहरामा होइन…आफ्नै सबै…
आफ्नै EMI ले क्या ! दिन सक्ने, सेन्सिबल रेजाेरस्फुल र स्वस्थ्य लामाे जीवन चाहिन्छ।
बस… हामीसँग मनोक्रान्तिमा जोडिनुहोला।
सधैं ७५ मिनेट सँगै रहौ। हेल्थ बचाऔं ।
जीवनमा ब्यालेन्स महत्त्वपूर्ण छ । यसलाई म्यानेजिङ गर्दा गज्जब हुन्छ ।
म त भनिरहन्छु, जीवन ९०-१०० वर्षे लिजमा हो । अनुशासनमा रहेकालाई १०० वर्षको लिजहोल्ड हुन्छ ! साथीहरूले कुरा बुझे extend हुन्छ । नबुझे लिज सरेन्डर गर्ने हो ।
म अज्ञानी त छँदैछु फेरि अलि लोभी पनि छु । मलाई भने lease extend गर्ने हुटहुटी छ । के गर्ने हो राम्जालीको हुटहुटीलाई ?
तपाईको नि ?






