काठमाडौं । लोकप्रिय लोक तथा दोहोरी गायक खड्ग गर्बुजा र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘लाहुरे भेना’ सार्वजनिक भएको छ।
मौलिक नेपाली लोकसंस्कृति र ग्रामीण परिवेशलाई समेट्ने प्रयास गरिएको उक्त गीत तथा भिडियो खड्ग गर्बुजाको आधिकारिक युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो।
गीतमा शब्द तथा संगीत खड्ग गर्बुजाकै रहेको छ भने संगीत संयोजन बीबी अनुरागीले गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन्। कमल थापा र गोविन्द अनेकले रेकर्डिङ गरेको उक्त गीत प्रिज्मा स्टुडियोमा तयार पारिएको हो।
सार्वजनिक गरिएको गीतको भिडियोमा रिना थापा मगर र मनोज गुरुङको अभिनय देख्न सकिन्छ। भिडियोको छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन तथा कलरिङ अमृत चापागाईंले गरेका छन्।
याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा सङ्गीता मिजार मेकअप आर्टिस्टको रूपमा रहेकी छन्।
भिडियो निर्माणमा मराङ काठमाडौं सेवा समाज, काठमाडौंले विशेष सहयोग गरेको जनाइएको छ।
नयाँ गीत सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको गायक गर्बुजाले जनाएका छन् ।
भिडियो






