बेलायतको अल्डरसटमा फेरि प्रदर्शन हुँदै ‘पेन्सन पट्टा’

SHARE:

अल्डरसट । दर्शकहरूको उत्साह र अनुरोधपछि नेपाली चलचित्र ‘पेन्सन पट्टा’को दोस्रो शो बेलायतको अल्डरसटस्थित ‘मिनी नेपाल’ सहरमा प्रदर्शन हुने भएको छ।

आउँदो २५ अक्टोबरमा अल्डरसटस्थित एम्पायर हलमा चलचित्र पेन्सन पट्टा प्रदर्शन गर्न लागेको निर्माता एवं तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी दिएका छन् । चलचित्रको शो दिउँसो ४ बजेदेखि सुरु हुने छ ।

यसअघि १२ सेप्टेम्बरमा प्रिन्सेस हलमा भएको पहिलो शोमा हाउसफुल भएको थियो । भूतपूर्व गोर्खा सैनिकहरूको जीवन, संघर्ष र परिवारले भोगेका दुःख–पीडालाई कथावस्तु बनाइएको चलचित्र पहिलो शोमा सिट अभावका कारण कतिपय दर्शक फर्किनुपरेपछि दर्शकहरूको अनुरोधलाई स्वीकार गर्दै दोस्रो शो आयोजना गर्न लागिएको हो ।

दोस्रो शोमा सहभागी भई नेपाली चलचित्रलाई माया, साथ र हौसला प्रदान गर्न आयोजकले बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेको छ । टिकट मूल्य १५ पाउन्ड तोकिएको छ ।

चर्चित निर्देशक माउत्से गुरुङ निर्देशित नेपाली कथानक चलचित्र ‘पेन्सन पट्टा’लाई मीन गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ), सपना गुरुङ (स्टेसन, निवा गल्ली) लगायतले निर्माण गरेका हुन् ।

चलचित्रमा बेलायतवासी चर्चित कलाकार गौमाया गुरुङका साथै नेपालका लोकप्रिय अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, पशुपति राई, माया गुरुङ, स्व. सुनिल थापालगायतका कलाकारहरूको अभिनय रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!