लन्डन । घान्द्रुक समाज यूकेले भोटेकोशी बाढीपीडितका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
नेपालको गएको २६ अगस्टमा आएको विनाशकारी बाढीपीडितहरूको राहतका लागि पूर्वअध्यक्ष अर्जुन गुरुङ र सदस्य राजबहादुर गुरुङ नेपाल पुगेर गृहमन्त्री सुदन गुरुङमार्फत सहयोग रकम हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको समाजका अध्यक्ष देवबहादुर गुरुङले बताएका छन्।






