नेवार जातिको विवाह तथा मृत्यु संस्कार

SHARE:

गुरुङ रामप्रकाश ‘समथिङ’
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार नेवार जातिको जनसंख्या महिला ६ लाख ७९ हजार ५ सय ८१ जना र पुरुष ६ लाख ४२ हजार ३ सय ५२ जना गरी जम्मा १३ लाख २१ हजार ९ सय ३३ जना रहेका छन् । राष्ट्रिय जनगणना २०४८ अनुसार नेवार जातिको जनसंख्या महिला ५ लाख २१ हजार ९ सय ७५ जना र पुरुष ५ लाख १९ हजार १ सय १५ जना गरी जम्मा १० लाख १९ हजार १ सय १५ जना रहेका छन् । त्यस्तै राष्ट्रिय जनगणना २०५८ अनुसार नेवार जातिको जनसंख्या जम्मा १२ लाख ४५ हजार २ सय ३२ जना रहेका छन् । यसरी हेर्दा १० वर्षमा नेवार जातिको जनसंख्या ७६ हजार ७ सय १ जनाले बृद्धि भएको देखिन्छ । शिक्षा र आर्थिक रुपमा अरु जनजातिहरु भन्दा अगाडि भएकोले नै होला नेपाल सरकारले नेवार जातिलाई उन्नत समूहमा सूचीकृत गरेको पनि ।

हिन्दु र बौद्ध धर्म दुबैमा आस्था राख्ने नेवार जाति व्यापार गर्नमा अन्य जातिको तुलनामा नेपालमा निकै अगाडि रहेको जातिमा गनिन्छ । काठमाडौ, भक्तपुर र ललितपुर मुख्य बसोबास क्षेत्र भएको नेवार जाति हाल नेपालको सबै जिल्लाको पनि सदरमुकाम त्यसमा पनि अधिकांश व्यापारिक केन्द्र बनेको बजार तथा क्षेत्रहरुमा बसोबास गरेको देखिन्छ ।

सातदेखि नौ वर्षको उमेरमा त्यो पनि बेलसंग कन्याको बिहे गरीदिन परम्परा भएको एक मात्र जाति हो नेवार । नेवार जातिमा चलेको भनाइ पनि हो । अरु जातिको महिलाहरु विधवा हुन्छन् तर नेवार जातिको महिलाहरु कहिल्यै विधवा हुदैनन् रे । बेलसंग बिहे गरेको बेलामा सुपारी पनि संगै राख्ने गर्दछ । नेवार समुदायमा मागी विवाह गर्दा निक्कै लामो समय लाग्ने गर्दछ । केटा र केटीको बारेमा निधो गर्ने काम लमीले गर्दछ । लमीले प्रस्ताव लाने, चिना हेराउने र कोशेली ओहोरदोहोर जस्ता काम गर्दछ । नेवार समुदायको मौलिक चलनको रुपमा लिइन्छ जो केटीको घरमा जन्ती लिएर जाँदा बेहुला नजाँदा पनि हुन्छ । प्राय जसो नेवार जातिको बिहेको कार्य बेलुका मात्र हुने गर्छ । जन्तीको स्वागत गर्ने नेवार जातिले मसला र चुरोटले गर्ने गर्दछ ।

सानै उमेरमा बेलसंग बिहे गर्दा साथै रहेको सुपारी संगै राख्ने गर्दछ नेवार जातिका महिलाहरुले । कारणबश विवाहित लोग्नेको मृत्यु हुन गएमा बिहेको सुपारी फिर्ता गरेर मरेको लोग्नेसंग छोडपत्र गर्ने चलन पनि छ । यतिसम्म की मृतक लोग्नेलाई अन्तिम संस्कारको लागि घरबाट घाटतिर लगिरहदा श्रीमतीले घरको झ्यालबाट सुपारी खसालिदिए पनि छोडपत्र हुन्छ । अझ चितामा मृतक लोग्नेको लास जलिरहेको बेलामा पनि सुपारी लगेर श्रीमतीले लासमाथि राखिदिए पनि पारपाचुके भएको मानिन्छ । त्यसैले नेवार जातिको महिला कहिल्यै विधवा हुदैन भन्ने मान्यता रहेको छ ।

नेवार जातिमा मानिसको मृत्यु भएमा गाड्ने र जलाउने दुबै प्रक्रिया अनुसार अन्तिम संस्कार गर्दछ । काठमाडौ र त्यस आसपासमा बस्ने नेवारहरुले मृतकलाई अन्तिम संस्कार गर्नको लागि सबैले जलाउने ठाउँ पशुपति आर्यघाटमा लाने गर्दैनन् । विष्णुमति किनारमा अवस्थित शोभा भगवती घाटमा लगेर जलाउने गर्दछ । अन्य ठाउँमा बस्ने नेवारहरुले खोलामा लगेर जलाउने गर्दछ । हिन्दु धर्म मान्ने नेवारहरुले हिन्दु संस्कार अनुसार र बौद्ध धर्म मान्ने नेवारहरुले बौद्ध धर्मको संस्कार अनुसार किरिया बार्ने गर्दछ । १२ दिन किरिया बारी १३ औं दिनमा शुद्ध हुने चलन छ । बावु र आमाको मृत्युमा सेतो कपडा लगाई वर्ष दिनसम्म बरखी बार्ने चलन समेत रहेको छ ।

प्रतिक्रियाका लागि : ९८५२६८१५८०
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
अर्को अंक थकाली जातिबारे लेख प्रकाशन गरिनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!