ज्ञानेन्द्र पुन – नेपाल।
नेपाल मगर संघ केन्द्रीय समितिले “मगरात सभ्यता सहितको समृद्ध मगर समाज” भन्ने मूल मर्मका साथ प्रदान गर्दै आएको प्रतिष्ठित ‘मगर मौलिक संस्कृति राष्ट्रिय गरिमा पुरस्कार’ बाट विभिन्न वर्षमा सम्मानित हुनुहुने विशिष्ट व्यक्तित्वहरूको नामावली सार्वजनिक भएको छ।
मगर समुदायको मौलिक संस्कृति, पहिचान र सभ्यताको संरक्षण तथा संवर्द्धनमा अतुलनीय योगदान पुर्याएबापत उहाँहरूलाई यो पुरस्कारद्वारा सम्मानित गरिएको हो। नेपाल मगर संघ केन्द्रीय समितिले मगर मौलिक संस्कार, संस्कृति संरक्षण, प्रवर्द्धन र दस्तावेजीकरणका लागि विशेष योगदान गर्नुभएका विशिष्ट महानुभावहरूलाई रु. ११,१११/- राशि सहित २०८० सालदेखि यो पुरस्कार शुभारम्भ गरेको हो।
यस “मगर मौलिक सांस्कृतिक राष्ट्रिय गरिमा पुरस्कार” बाट हालसम्म सम्मानित हुनुभएका व्यक्तित्वहरूको विवरण यस प्रकार छ:
१) २०८०: श्री बमकुमारी बुढामगर (संस्कृतिबिद)
२) २०८१: डा. मिन श्रीसमगर (संस्कृतिबिद)
३) २०८२: डा. प्रतिभा पुनमगर (संस्कृतिबिद)
४) २०८३: श्री किरणबाबु पुनमगर (सांस्कृतिक अभियन्ता)






