तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा भएको महान् जनयुद्धका हजारौं सहिदहरूको बलिदान र त्यसैको जगमा तत्कालीन सात राजनीतिक दल तथा माओवादीको संयुक्त नेतृत्वमा सम्पन्न २०६२/६३ को जनआन्दोलनपश्चात् नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । संविधानसभाबाट संविधान जारी भएपछि देशभर ७५३ वटा स्थानीय तह गठन भए, जसमध्ये पञ्चकन्या गाउँपालिका पनि एक हो ।
पूर्वीतर्फ दुप्चेश्वर, पश्चिममा लिखु, उत्तरमा तादी र दक्षिणमा शिवपुरी गाउँपालिकाले घेरेको पञ्चकन्या गाउँपालिका भौगोलिक रुपमा लेक,बेंसी, पहाड, डाँडाकाँडा र हिमाली भूभाग मिलेर बनेको सुन्दर र रमणीय गाउँपालिका हो । यस गाउँपालिकामा प्रशस्त मात्रामा खेतीयोग्य भूमि रहेको छ । जनजातिको बाहुल्यता रहेको यस गाउँपालिकाभित्र विभिन्न जातजाति, भाषा, धर्म रीतिरिवाज, परम्परा विविधतामा एकता रहेको पाइन्छ । विविध जातजातिको रहनसहन, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक मनोरमका कारण यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्त्वपूर्ण रहेको छ ।
ऐतिहासिक, धार्मिक महत्त्व बोकेका पञ्चकन्या, सप्तकन्या, कपिलेश्वर, कात्तिकेश्वरलगायत अन्य मठ मन्दिरहरु तथा प्रसिद्ध गुम्बाहरु, कालिकाकोट, गोठवोएश्वर, नाट्येश्ष्री, घ्याङश्वारा पर्यटकीय पार्क, टोड्केभञ्ज्याङ तथा चमेरे गुफा यस क्षेत्रका कला संस्कृति झल्किने पर्यटकीय सम्पदा हुन् ।
यस गाउँपालिकाका मुख्य बजार केन्द्रहरु छहरे, बानियाँटार, सहरेटार, बुढिसेरा, सातविसे, घलेभञ्ज्याङ आदि रहेका छन् ।
सिन्धुपाल्चोक चिसापानी बुढिसेरा छहरे हुँदै विदुरदेखि धादिङ जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गले यस गाउँपालिकालाई बिचबाट छोएको हुनाले छिमेकी जिल्लासँग भूमार्गमार्फतको पहुँचलाई सुविधाजनक बनाएको छ । पाँच वटा वडामा विभाजित यस गाउँपालिका साविकका ५ वटा गाविसहरु पञ्चकन्या, थप्रेक, कविलास, भद्रुटार र चौघडा (३,४,९) समायोजन भई नेपाल सरकारबाट २०७३ सालमा पञ्चकन्या गाउँपालिकाकाको रुपमा स्थापना भएको हो । स्थानीय तहको निर्वाचन भई सिंहदरबारको अधिकार घर घरमा भन्ने उद्देश्यका साथ साविक ५ वटा गाविसहरु मिलेको पञ्चकन्या गाउँपालिकाको स्थायी केन्द्र लाकुरीभञ्ज्याङमा रहेको छ ।

काठमाडौंबाट समेत नजिक रहेको यस गाउँपालिका विकास र समृद्धिको लागि प्रचुर सम्भावना रहेको तथा गाउँपालिका विकास र गाउँवासीको स्वर्णीम भविष्यका लागि विश्वस्त रहने प्रशस्त आधारहरु रहेको पाइन्छ । काठमाडौंबाट टोखा छहरे हुँदै घलेभञ्याङ करिब ४१ किमि सडक सञ्जालले जोडिएको पञ्चकन्या गाउँपालिका नुवाकोट जिल्लाको सदरमुकामबाट १२ कोष पूर्वमा रहेको गाउँपालिका हो । नयाँ सडक सञ्जालबाट जनताको घरघरमा यातायात सेवा पुगोस् भन्ने हेतुले पालिकाले सडक पूर्वाधारमा धेरै लगानी गरेको जनाएको छ । पालिकाले पाँच वर्षकै अवधिमा Rural Municipality Transport Master Plan (RMTMP) सर्वेक्षण अनुसार मुल र भित्रि सडकहरु गरी जम्मा १०८ वटा सडकहरु विस्तार भएका थिए ।
नुवाकोट जिल्लाको ऐतिहासिक, धार्मिक रुपले पवित्र पञ्चकन्या मन्दिरको नामबाट नामकरण भएको यस गाउँपालिका नेपालको संविधान २०७२ भाग ५ मा व्यवस्था भएअनुसार राज्यको पुनसंरचना गर्ने क्रममा नयाँ स्थानीय तहको रुपमा घोषणा भई नेपाल राजपत्रमा प्रकाशित मिति २०७३/११/२७ बाट सञ्चालनमा आएको गाउँपालिका हो । ५३.४७ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा हालै गाउँपालिकास्तरबाट गरिएको घरधुरी सर्वेक्षण अनुसार ४ हजार ७५१ घरधुरी रहेका छन् भने पुरुष ११९०१ र महिला ११०५७ गरी जम्मा २२९५८ जनसंख्याले बसोबास गरेको गाउँपालिकाको तथ्यांकबाट पाइएको छ । २०७८ सालको राष्ट्रिय नयाँ जनगणना अनुसार अक्सर बसोबासको आधारमा जम्मा १३ हजार ८६४ जनसंख्या रहेको तथ्यांकबाट देखिएको छ ।
गाउँपालिकाको नेतृत्व र मुख्य उपलब्धि
तत्कालीन माओवादी केन्द्रका नेता तेजबहादुर तामाङ गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि विकासको नयाँ अध्याय सुरु भयो । सामान्य अवस्थामा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई देशैभर झार गोडमेलमा सीमित गरी बजेट सिध्याउने आरोप लागिरहेको बेलामा अध्यक्ष तामाङको ड्रीम प्रोजेक्ट “घ्याङस्वारा सहिद स्मारक पार्क तथा खेल मैदान”ले नयाँ उचाइ दियो। त्यसैको फलस्वरूप प्रधानमन्त्री रोजगार कार्यक्रम पञ्चकन्या देशकै उत्कृष्ट बनेको थियो(जसलाई तत्कालीन प्रधानमन्त्री रोजगार कार्यक्रम तथा हालका रोजगार सेवा केन्द्र का सरोजकुमार खाती र वहाँको टिमलगायत सरोकारवालाहरुको विशेष योगदान छ।) बुट्यान फाँडेर चिया रोपी पर्यटकीय रूपमा “एक पटक घुम्नै पर्ने” गन्तव्य बनाइएको यो पार्क अहिले गाउँपालिकाको गौरव बनेको छ।
यो सफलतामा योगदान दिने व्यक्तित्वहरू
२०७४ देखि हालसम्म यस अभियानलाई सफल बनाउन निम्न व्यक्तित्वहरूको विशेष योगदान रहेको छ :
उपाध्यक्षहरू: सीता पराजुली, बिमला पाठक
प्रमुख प्रशासकीय अधिकृतहरू: नरेश पुडासैनी, हेमनारायण महतो, अशोक विष्ट, राममणि काफ्ले, कृष्णहरि पौडेल, हिराधन राई
वडाध्यक्षहरू: मणिनाथ लामिछाने, ध्रुवप्रसाद मिश्र, रामबाबु पराजुली, बुद्धिबहादुर तामाङ, डिल्लीबहादुर थापा, महानन्द ढकाल, रामशरण श्रेष्ठ, सञ्च तामाङ, माधवप्रसाद सिटौलालगायत
रोजगार सेवा केन्द्र: प्रमुख सरोजकुमार खाती तथा टिम
यसबाहेक, संघ तथा प्रदेश सांसद, पूर्वमन्त्रीहरूको समन्वयमा पनि उल्लेखनीय सहयोग मिल्यो । विशेषगरी २०७४ र २०७९ का संघ तथा प्रदेश सांसदहरु हितबहादुर तामाङ (पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री), राधिका तामाङ (पूर्वकृषि राज्यमन्त्री तथा प्रदेश उपसभामुख), बद्री मैनाली (पूर्वप्रदेश कृषि राज्यमन्त्री), २०७९ का सांसदहरु डा. प्रकाश शरण महत (पूर्वअर्थमन्त्री), रमेशकुमार महत (प्रदेश सांसद) लगायतको सहयोग महत्वपूर्ण रह्यो।
भौतिक पूर्वाधार विकास
अध्यक्ष तेजबहादुर तामाङको नेतृत्वमा छोटो समयमै गाउँपालिकाले उल्लेखनीय विकास गरेको छ :
संस्थागत पूर्वाधार:
१ गाउँपालिका कार्यालय
५ वडा कार्यालय
१० शय्याको अस्पताल
इलाका प्रहरी कार्यालय
हुलाक कार्यालय
बाणिज्य बैंक
५ स्वास्थ्य चौकी, ४ स्वास्थ्य केन्द्र
आयुर्वेद अस्पताल
प्रादेशिक गुम्बा
बीपी पार्क
३ वेद विद्याश्रम
धार्मिक तथा सांस्कृतिक:
तलाङ ज्योलिङ गुम्बा, त्रिरत्न गुम्बा, चाङ्खाय गुम्बा
कपिलेश्वर मन्दिर, कालिका थान मन्दिर, पञ्चकन्या मन्दिर
गौमती संगम स्थल
नेपालको दोस्रो तीनमुखे झोलुङ्गे पुल
दुप्चेश्वर मन्दिर
नाट्यकार जितेन्द्र महत ‘अभिलाषी’को अर्धकदको शालिक
कपिलेश्वर तथा चाङ्खालाय जाने गेट
सडक तथा पुल:
शिवपुरी–०५ र पञ्चकन्या ०५ जोड्ने पक्की पुल
तादी–४ र पञ्चकन्या–०४ जोड्ने पक्की पुल
विभिन्न सडक खण्डहरूको पिच, ग्राभेल तथा ढलान (कुण्डला–घलेभन्ज्याङ कामीडाँडा,बानियाटार- आप्रह,छहरे, -घडेरी मोड,सातबिसे–थप्रेक–उदय जाल्पा, घलेगाउँ, मङ्गला–आरुखर्क, घ्याङस्वारा–मङ्गला, स्वलिङ, बुढासेरा–सोह्रमाने, बानियाटार–पाठकथोक–ठाटिभन्ज्याङ आदि)
यो वर्ष थप पिच तथा ग्राबेल हुने सडकहरू: घलेभन्ज्याङ–लाकुरीभन्ज्याङ, छहरे–ठाटिभन्ज्याङ गाउपालिका जोड्ने , बाटोमुनिटोल लप्टनडाडा , भण्डारी टोल ३ नम्बर वडा कार्यलय, आप्रह राउटार थप्रेक पुछार सातबिसे बानियाँटार १ नम्बर वडा सिमराफाट कार्यालय आदि
अन्य:
लिफ्ट खानेपानी योजनाहरू लगायत अन्य धेरै छन्
रमेश तामाङको फेसबुकबाट






