मन्त्री गुरुङले हप्काएपछि……

SHARE:

दुत पुन (चिम्खोले काइँला)
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले हप्काएपछि बेलायतबासी कोही कोही व्यक्ति र संस्थाहरुको सातोपुत्लो उडेको छ । गत बुधबार बेलायतको भेटघाट रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ(एनआरएनए) युकेले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने मौका पाएका अधिकांश बक्ताले बोल्ने क्रममा राजनीतिक रंग दिदै सत्ता पक्षलाई विपक्षीले चुनौती दिए जस्तो गरेपछि मन्त्री गुरुङले – म नेपाल सरकारको मन्त्री हो, सम्पूर्ण राजनीतिक पार्टी तथा नेपालीहरुको मन्त्री हो, म कुनै पार्टीको मन्त्री होइन भन्दै सकारात्मक सोंच लिएर अगाडी बढ्न सुझाएका थिए । उनले थपे – नकरात्मक सोंचले कहिल्यै पनि राम्रो गर्दैन । बेलायत बसेर धेरै राजनीतिक रंग नदिनुहोस् । “यदी तपाईहरु राजनीतिक गर्ने हो भने नेपाल गएर गर्नुहोस’’ भनेर हप्काए पछि ति व्यक्तिहरुको सातोपुत्लो उडेको हो ।

एनआरएनए, युकेले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रम भनिए पनि कार्यक्रम भने एनआरएनएले गरे जस्तो थिएन । मन्त्री गुरुङ र अर्का बिशेष अतिथि नेपाल जनजाति महासंघका पुर्व अध्यक्ष तथा पुर्व सभाषद् नरेन्द्र कुमालसंग कुन बिषयमा अन्तक्र्रिया गर्ने भन्ने बिषयबस्तुको अत्तोपत्तो थिएन । कार्यक्रममा बोल्ने मौका पाएका अधिकांश बक्ताहरु एनआरएन युके तथा आइसिसिका सदस्य भएता पनि एक दुइजना बाहेक अन्य सम्पूर्ण नेपाली जनसम्पर्क समिति बेलायतका सदस्य थिए ।
कार्यक्रममा सहभागी जो कोहीले पनि अन्दाज लगाउन सकिन्थ्यो, कार्यक्रम एनआरएनए युके होइन, नेपाली जनसम्पर्क समिति बेलायातमय बन्दै छ भनेर । कार्यक्रममा उपस्थित बिशेष अतिथिहरु नरेन्द्र कुमाल र शालिकराम पौडेल पनि नेपाली कांग्रेसका नेताहरु भएको हुँदा माहोल नै नेपाली कांग्रेसमय भएको आभाष हुन्थ्यो । कार्यक्रममा अधिकांश प्रश्नहरु दोहोरो नागरिकता, नेपाली नागरिकताको निरन्तरता र भुतपुर्ब गोर्खाहरुको पेन्सनको समस्याको समाधानको बारेमा थियो ।

सो सम्बन्धमा मन्त्री गुरुङ भुतपुर्ब गोर्खाहरुको घनाबस्ती भएको प्रदेशमा लामो समयसम्म लगातार राजनीतिमा सक्रिय रहेको र भुतपुर्ब गोर्खाज्को परिवारको सदस्य भएकाले पनि भुतपुर्ब गोर्खाजहरुको समस्याको बारेमा परिचित भएको हुँदा जुन प्रश्नको उत्तर मन्त्री गुरुङको खल्ती भरी थियो । उनले पनि जवाफ खल्तीबाट निकालेर मुख भरी दिएका थिए । नेता नरेन्द्र कुमाल सायद नेपाली कांग्रेसका नेता भएकै कारणले होला उनलाई त्यति धेरै हाइलाइट गरिएन तथा “चु’’ सम्म बोल्नु परेन । उनी नेपाल आदिबासी जनजाति महासंघको अध्यक्ष हुँदा “काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’’ भने झैँ महासंघको सम्पूर्ण मुद्दालाई अलपत्र पारेर केही दिनको पदको लालचमा फसेर संबिधान सभाको सभासद् बनेका थिए । तर, कुमालको त्यस्तो कार्यका बारेमा कसैले औला ठड्याएनन् “चु’’ सम्म बोलेनन् । तर अधिकांश बक्ताहरु मन्त्री गुरुङ तिर खनिएका थिए ।

सामाजिक सञ्जालहरुको कमेन्ट बक्समा हेर्दा बर्तमान नेपाल आदिबासी जनजाति महासंघका बेलायतका अध्यक्षले पूर्व अध्यक्ष कुमालको बारेमा “चु’’ सम्म बोलेका छैनन् बरु मन्त्री गुरुङतिर खनिएका छन् ।

सामाजिक सञ्जालहरुमा मन्त्री गुरुङलाई एकात्मकवादी, अधिनायकवादी सोँच भएको तथा सनकी, घमण्डी र अध्ययन नभएका नेतासम्म भन्न भ्याएका छन् । बिगतमा पनि नेपालबाट बेलायत भ्रमणमा आएकी संसदकी पूर्व सभामुख ओनसरी घर्तीले एउटा अनौपचारिक कार्यक्रममा अंग्रेजी नबोले पछि सो बिषयलाई उठाएर सामाजिक सञ्जालहरुमा भाइरल बनाएर उनको मानहानी गरिएको थियो । आज भोलि बेलायतमा पाहुनाको लागि निमन्त्रणा गर्ने र आमन्त्रित पाहुनालाई तथानाम गाली गरेर तथा बेस्सरी धम्क्याउने चलन बसेको छ । कतिपयलाई त्यसो गर्दा आफ्नो समाजमा परिचय बन्छ भन्ने लगेको हुन सक्छ । यही क्रम उक्त कार्यक्रममा पनि बोल्ने बक्ताहरुले निरन्तरता दिन खोज्दा मन्त्री गुरुङको हप्काई भेटेका हुन् ।
मेरो आफ्नो व्यक्तिगत बिचारमा पनि राजनीति गर्ने र राजनीतिक पार्टीमा आबद्ध हुने आ–आफ्नो अधिकार र इच्छाको कुरो होला । तर, सामाजिक संघ/संस्थाहरुमा काम गर्न थालेपछि संस्थाको मुल्य मान्यतालाई तहसनहस पारेर राजनीतिक रंग दिनु पटक्कै राम्रो होइन । बिगतमा बेलायतका प्रतिष्ठित संस्थाहरुको निर्वाचन मण्डलमा रहेर काम गर्ने मौका मिलेको कारणले गर्दा मैले धेरै अनुभब बटुलेको छु । राजनीतिक पार्टीमा आबद्ध भएर पनि राजनीतिक गर्ने ब्याक्तहरुले सामाजिक संघ/संस्थाहरुको निर्वाचनमा संस्थाको मुल्य र मान्यतालाई बिर्से जस्तो गरी राजनीतिक पार्टीको प्यानल बनाएर निर्वाचनमा होमिएको देखेको छु, बेहोरेको छु । यो अति लाज मर्दो र मानहानी खालको कार्य हो जस्तो लाग्छ ।

मन्त्री गुरुङले भने जस्तै राजनीति गर्ने हो भने नेपालमा गएर गरेको राम्रो । बेलायत बसेर हाम्रो नेपालको भाषा, संस्कृति, भेषभुषा र पहिचान बचाउन सके राम्रो । बेलायत बसेर कमाएको आर्जन नेपालमा लगानी गरेको राम्रो । बेलायत बसेर सिकेको सीप र प्रबिधिलाई नेपालमा प्रयोग गरेको राम्रो । यदी राजनीतिक गरे पनि बेलायतकै राजनीति गरेर काउन्सिलर, मेयर, सांसद, मन्त्री र प्रधानमन्त्री बनेको राम्रो । नत्र बेलायत बसेर सामाजिक संस्थाको आडमा नेपालको ठुटे राजनीतिक नगरे हुन्छ भन्ने मन्त्री गुरुङको आशय थियो ।

देश अझै संक्रमणकालिन अबस्थामा छ, तर पनि धेरै वर्ष पछि पूर्ण बहुमतको सरकार आएको छ आशाबादी हुनु पर्छ । देश सकारात्मक दिशातर्फ अगाडि बढ्दै छ । हाम्रो देशमा धेरै बिकासका सम्भावनाहरु छन् । यस्तो बिकासका सम्भावनाहरु भएको देशलाई हामी सबै मिलेर बिकास गर्नुपर्छ । आफु बसेको ठाउँबाट के कति गर्न सकिन्छ गरौं ।

एकले अर्कालाई सम्मान गर्न सिकौं तथानाम गालीगौलाज नगरौं । नेपालको सम्पूर्ण बिकास गर्ने जिम्मेवारी नेपालका राजनीतिक पार्टीहरु र मन्त्रीहरु तथा उनका कार्यकर्ताको हो भन्ने मानसिकता हटाउँ । हाम्रो देश नेपालको बिकास गर्ने जिम्मेवारी सत्तापक्ष, विपक्ष तथा उनका राजनीतिक कार्यकर्ता तथा सर्बसाधारण जनता सबैको दायित्व हो । सरकारले राम्रो काम गर्दै छ भने सहयोग गरौँ र नराम्रो काम गर्दै छ भने औंला ठड्याएर खबरदारी गर्न सकौं । कसैले कसैलाई हप्काउन नपरोस् । हप्काए पछि खिस्रिक्क हुन नपरोस् । नयाँ नर्षको शुभकामना ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!