यस पाली जिरो फिल्मबाट फ्लप भएका बलिउडका नायक साहरुख खानको छवि प्रयोगवादीको रुपमा छ । तर, जिरोको असफलतासंगै उनी प्रयोगमा डराउन थालेका छन् ।
उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘जिरो’ले बक्स अफिसमा सफलता पाउन नसकेपछि अहिले उनी कस्तो चलचित्रमा काम गर्ने भन्ने बिषयमा डराएका हुन् । यहीकारणले गर्दा पनि उनले, ‘सारे जहाँ से अच्छे’ नामक चलचित्र छाडेका छन् ।
साहरुख खान आफूले काम गर्ने नयाँ चलचित्रको घोषणा गर्न पनि डराएका छन् । भारतीय मिडियासँग कुराकानी गर्दै साहरुखले आफ्नो डरको बिषयमा बोलेका छन् ।
साहरुखले भने–‘म फेरि पनि त्यो पुरानो दिनमा उठ्न चाहन्न । जहाँ, ४० दिनमै चलचित्रको छायांकन सक्यो, केही पैसा कमायो, कार किन्यो अनी सकियो ।’
साहरुखले पुरानो शैलीकै कथामा आफू काम गर्न खासै इच्छुक नभएको पनि बताए । तर, उनले विगत केही वर्षदेखि चलचित्रमा प्रयोग गरिरहेका थिए, जुन सफल हुन सकेको छैनन् । साहरुखका लागि अहिले बक्स अफिस हिट पनि आवश्यक छ । तर, साहरुख पुरानै ढर्राका चलचित्र खेल्दा आफूलाई आनन्द नआउने बताउँछन् ।






