कंगना छलाङ

SHARE:

फिल्म ‘मर्णिकर्णिका’ मा झाँसीकी रानीको भूमिकामा वाहीवाही पाएकी कंगना रनावतले अर्को त्यस्तै रोल पाउने भएकी छन् । अभिनेत्रीबाट राजनेता बनेकी जय ललिताको बायोपिकमा शीर्ष भूमिका निर्वाह गर्ने भएकी मौका पनि कंगनाकै हातमा पुगेको छ । शनिबार जन्मदिनको अवसरमा उनलाई उक्त भूमिकाका लागि अनुबन्ध गरियो ।
हिन्दी भाषामा ‘जया’ नाम राखिएको फिल्मलाई तमिल भाषामा ‘थलाईवी’ हुने बताइएको छ । ‘बाहुबली’ र ‘मणिकर्णिका’ का लेखक केवी विजयेन्द्र प्रसादले नै यो फिल्म पनि लेख्ने छन् । विष्णु वर्द्धन र शैलेश आर सिंहले निर्माण गर्न लागेका फिल्मको निर्देशन एएल विजयले गर्नेछन् ।
जय ललिताले तमिलनाडूमा पाँच पटक मुख्यमन्त्री भई १४ वर्ष सक्रिय राजनीतिमा लागिन् । अभिनेत्री हुँदै राजनीतिमा प्रवेश गरेकी उनले भारतको राष्ट्रिय राजनीतिमा समेत दरिलो पहुँच स्थापित गरेकी थिइन् । दुई वर्षअघि ६८ वर्षको उमेरमा उनको निधन भएको थियो । १३ वर्षको उमेरमै फिल्म खेल्न थालेकी जय ललिताले १५ वर्षमै कन्नड फिल्मको अभिनेत्री भइसकेकी थिइन् ।
‘इज्जत’ मार्फत हिन्दी फिल्ममा डेब्यु गरेकै वर्ष १९६८ मा उनका २१ फिल्म रिलिज भएका थिए । दुई दशकको फिल्मी करिअरमा उनले एक सय ४० फिल्म खेलेकी थिइन् । कन्नड भाषामा उनको पहिलो फिल्म ‘चिन्नाड गोम्बे’ थियो । जय ललिता दक्षिण भारतीय फिल्ममा स्कर्ट लगाएर अभिनय गर्ने पहिलो अभिनेत्रीमा पनि चिनिन्छिन् ।
उनलाई राजनीतिक वृत्तमा अम्मा (आमा) भनेर पनि बोलाइन्थ्यो । राजनीतिमा जुझारु नेतृको परिचय स्थापित गर्न सफल जय ललिताले फिल्ममा पनि तामिल फिल्ममार्फत उत्कृष्ट अभिनेत्रीको पाँच फिल्मफेयर अवार्ड जितेकी छन् ।
जय ललिताको जीवनी कंगनाको स्वभावसँग धेरै मिल्दोजुल्दो भएकोले पनि भूमिका प्रस्ताव गरिएको निर्देशकले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!