लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन

SHARE:

काठमाडौं । सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गरेका छन् । सभामुख महराले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्वपूर्ण बाजाको रुपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन गरेका हुन् ।

झापाका मृगौलापीडित निर्मल लिम्बूको सहयोगार्थ शनिबार कमलपोखरीस्थित सिटी सेन्टर विग मुभिजमा चलचित्रको विशेष प्रदर्शनी गरिएको थियो । चलचित्र प्रदर्शन हुनुअघि आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले नेपाल विविध जातजाति, भाषा, कला संस्कृतिको धनी भएको बताए । चलचित्र ‘के साङ्ला’ले लिम्बू जातिको भाषा, संस्कृति र कलाको संरक्षण एवं सम्वद्र्धनमा महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै सभामुख महराले आफ्नो इतिहास, संस्कृति र परम्पराको संरक्षणमा जागरुक भई लागेकोमा चलचित्र युनिटको प्रशंसा गरे ।

चलचित्र बनाएर व्यवसाय गर्ने भन्दा आफ्नो मौलिक कला संस्कृतिको संरक्षण एवं समाजसेवातर्फ लागेकोमा खुशी व्यक्त गर्दै सभामुख महराले चलचित्रको आम्दानीबाट मृगौलापीडितलाई सहयोग गर्ने कार्य निकै सह्रानीय भएको बताए । सो अवसरमा मृगौलापीडितका लागि देश तथा विदेशबाट संकलन गरिएको सहयोग तथा फिल्म युनिटले टिकटबाट प्राप्त गरी जम्मा भएको १ लाख ६३ हजार रकम सभामुख महराले मृगौलापीडित निर्मल लिम्बूलाई हस्तान्तरण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!