काठमाडौं । मगर भाषा र विषयवस्तुमा निर्माण गरिएको चलचित्र ट्याङ्चलाक (उज्यालो उन्मुख) को कौरा गीत, चलचित्रको पोस्टर, चलचित्रको प्रचार सामाग्री सार्वजनिक गरिएको छ ।
पहिलो मगर र गुरुङ चलचित्रका निर्देशक युवराज मास्की, पहिलो मगर चलचित्रका नायक तथा ट्याङ्चलाक चलचित्रका कलाकार राज थापा मगर, ट्याङ्चलाक चलचित्रको कलाकार तिला (प्रभा) मगरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । चलचित्रसँग सम्बन्धित रहेर पत्रकारहरुको जवाफ चलचित्रका कथा, लेखन र निर्देशक मेजन पुन, राज थापा मगर र तिला मगरले दिएका थिए । सो चलचित्र दमौली तनहुँको अलैचे, मानुङ कोट र दमौलीमा गरिएको जानकारी निर्देशकले दिए ।
अधिकांश मगर भाषामा छायाँकन गरिएको यो चलचित्र फिमला ईन्टरटेन्टमेन्ट पोखराको ब्यानरमा निर्माण गरिएको छ । जसमा सुजन थापा मगर, सनम आले मगर, राज थापा मगर, तिला मगर, सुमन मगर, शिला राना, बसन थापा मगर, गीता रखाली मगर, रचना थापा मगर, शिल्पा थापा मगर, मञ्जु मगर, समीर थापा मगर, मनिराज थापा मगर, भरत पुन, बोम पुन, सिरीमाया थापा मगर, रोहन तन्डुकार, टिका गिरी, कमल गिरी, किशोर खनाल, हममाया पुन आदिले अभिनय गरेका छन् ।
सो चलचित्रको कौरा गीतको संगीत र गायन पदम थापा मगरले गरेका छन् भने उनलाई गायनमा गगन पुन र पवन राना मगरले दिएका छन् । यस चलचित्रको छायाँकन प्रविनजंग खड्काले गरेका छन् ।






