गायिका अनु ब्यूटी पार्लर व्यवसायमा, सामाखुसीमा खुल्यो टिएम फाइभ ब्यूटी केयर

SHARE:

काठमाडौं । लोक तथा दोहोरी गायिका अनु गुरुङले टिएम फाइभ ब्यूटी केयर लेडिज एन्ड जेन्स सञ्चालनमा ल्याएकी छन् । गायिका अनुको लगानीमा काठमाडौंको सामाखुसी चोकमा शनिबार सो ब्यूटी केयरको उद्घाटन गराएकी हुन् । सांगीतिक कर्मको अलावा फुर्सद निकालेर आफ्नो सिप सेवाग्राहीलाई दिने उद्देश्यले पार्लर स्थापना गरेकी उनले बताइन् ।

अबको केही दिनसम्म विशेष छुटमा सेवा दिइने उनको भनाइ छ । उनका अनुसार टीएम फाइभ ब्यूटी केयरमा केमिकलरहित फेसियल फेसप्याक, हेयर ट्रिटमेन्ट साथै ब्राइडल मेकअपको सुविधा लिन सकिने छ । पार्लरमा कोरियन सामाग्री प्रयोग गरिने जनाइएको छ ।

यसअघि सामाखुसीकै रानीबारीमा केही वर्ष ब्यूटी पार्लर सञ्चालन गरेकी गायिका अनुले नयाँ पार्लरमा ब्यूटी पार्लरसम्बन्धी तालिम पनि दिने जानकारी गराइन् ।

बहुप्रतिभाकी धनी गायिका अनु गायनदेखि मोडलिङसम्म गर्दै आएकी छन् । गुल्मी-९ दिबुङ निवासी गायिका अनु केही वर्षदेखि काठमाडौँलाई कर्म भूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल छिन् । उनले नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई, तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बालाजस्ता एक दर्जनभन्दा बढी एल्बम बजारमा ल्याइसकेकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!