‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौँ । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती […]
लमजुङको भुजुङमा छायांकन गरिएको दोहोरी गीत ‘मायाले मोहनी लायो’ सार्वजनिक [भिडियोसहित]

लमजुङ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा छायांकन गरिएको लोक–दोहोरी गीतको म्युजिक भिडियो ‘मायाले मोहनी लायो’ सार्वजनिक भएको छ । क्व्होलासोथार गाउँपालिका–४ मा पर्ने भुजुङको गुरुङ बस्ती, परम्परागत घर, हरियाली पहाड र ग्रामीण जीवनशैलीलाई समेटेर भिडियो निर्माण गरिएको छ । द भ्वाइस अफ नेपाल सिजन ७ की विजेता निता थापा मगर र गायक सागर आलेको स्वर […]
बेलायतमा थरक नेपाली (गोर्खा) समुदायले २६ अप्रिलमा गोर्खा स्मृति दिवस मनाउने

लन्डन । बेलायतमा थरक नेपाली (गोर्खा) समुदाय(टीएनजीसी)ले यही २६ अप्रिल २०२६ मा गोर्खा स्मृति दिवस मनाउने भएको छ । टीएनजीसीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख संयोजक किशोर लिम्बुले अप्रिल २६ आइतबार वार्षिक गोर्खा स्मृति दिवसको कार्यक्रम तय भएको जानकारी दिएका हुन् । रोयल गनपाउडर म्यागजिन नम्बर ५ सेन्चुरियन वे थेम्समा पर्फ्लीट एसेक्समा कार्यक्रम बिहान साढे ९ […]
नेपालमा यस्तो छ शुक्रबारका लागि तय भएको विदेशी मुद्राको विनिमयदर, यूके पाउन्ड कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ […]
मोना यूकेले शुभकामना साँझमा विभिन्न व्यक्तिलाई सम्मान गर्ने, जानकारी गराउन अनुरोध

लन्डन । मोना यूकेले यही अप्रिल २५ मा हुने शुभकामना साँझमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । विगतका वर्षहरुमा झैं आर्मी अथवा सिभिल सेक्टरमा प्रमोसन लिएका, डाक्टर र नर्स भएका म्याग्देली साथै छोराछोरीहरुलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम हुने भएको हो । यदि समाजबाट सम्मान गर्नुपर्ने व्यक्तित्वहरु छन् भने monauknews@gmail अथवा मोबाईल ०७४००५१५१४१ मा […]
नेपाली राजदूतावास लन्डनले १४ अप्रिलमा केमन आइल्यान्डमा घुम्ती शिविर सञ्चालन गर्ने

लन्डन । नेपाली राजदूतावास लन्डनले यही १४ अप्रिलमा केमन आइल्यान्डमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । केमन आइल्यान्डमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई सहज रूपमा कन्सुलर सेवा पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको शिविर जर्ज टाउनस्थित एल्म्सली मेमोरियल चर्चमा हुने दूतावासले जनाएको छ । दूतावासले विशेषगरी ३० अप्रिल २०२७ भित्र राहदानीको म्याद सकिने नागरिकहरूलाई यस अवसरको […]
एनआरएनएका पदाधिकारीहरूले टीयू लायन्स ब्लड ट्रान्सफ्युसन एन्ड रिसर्च सेन्टर अवलोकन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष हेमराज शर्मासहितका पदाधिकारीहरूले टीयू लायन्स ब्लड ट्रान्सफ्युसन एन्ड रिसर्च सेन्टरको अवलोकन भ्रमण गरेका छन् । भ्रमणका क्रममा टोलीले रक्त बैंक प्रयोगशालाको सूक्ष्म अवलोकन गर्दै रगत संकलन प्रक्रिया, कम्पोनेन्ट सेपरेशन (रक्तका विभिन्न अंश छुट्याउने विधि) तथा सुरक्षित र उच्च गुणस्तरीय रक्त सेवा सुनिश्चित गर्न प्रयोग भइरहेका आधुनिक प्रविधिबारे […]
तमु धीं यूकेले आयोजना गर्ने २४ औं गोर्खा कपमा भेटेरानतर्फ १६ टोलीबीच प्रतिस्पर्धा

लन्डन । २४औँ गुरखा कप २०२६ का लागि टिम दर्ता प्रक्रिया आधिकारिक रूपमा बन्द भएको छ। आयोजक संस्थाका अनुसार यस वर्ष प्रतियोगितामा मुख्य (Main) विधातर्फ ३२ टोली र भेट्रान (Veteran) विधातर्फ १६ टोली सहभागी हुने निश्चित भएको छ। आयोजकले प्रतियोगिताप्रति निरन्तर उत्साह र सहयोग प्रदान गर्ने सबै खेलाडी, टोली तथा समर्थकहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्। […]
नेपालका पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नेपालका प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत […]
पदभार ग्रहण गरेको दुई हप्तामै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री साहलाई हटाइयो

काठमाडौँ । नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पद हटाएका छन् । पदभार ग्रहण गरेको दुई हप्तामै प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई पदमुक्त गरेको प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई पदबाट हटाउने निर्णय गरेका हुन् । लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी […]
सोंपाल समाज यूकेको मे ३ मा वार्षिक साधारणसभा, उपस्थित हुन अध्यक्ष जगदीश गुरुङको आग्रह

लन्डन । सोंपाल समाज यूकेको आगामी मे ३ २०२६ मा वार्षिक साधारणसभा हुने भएको छ । लन्डनस्थित आर्मी रिजर्भ सेन्टर, डिन्सब्रुक रोड, एजवेयरमा आइतबार ३ मेमा साधारणसभा हुने संस्थाका अध्यक्ष जगदीश गुरुङले जानकारी दिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, आमा अध्यक्ष, ट्रस्टीहरू, सल्लाहकारहरू, सातौं कार्यसमिति सदस्यहरू, युवा सदस्यहरू तथा सम्पूर्ण सदस्यहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको […]
चलचित्र ‘बाः एक योद्धा’मा एकसाथ देखिँदै आमा-छोरी थापा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’मा यी चर्चित आमा–छोरीको मुख्य भूमिका रहने पक्का भएको हो । विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रको निर्माण […]