लन्डन । सोंपाल समाज यूकेको आगामी मे ३ २०२६ मा वार्षिक साधारणसभा हुने भएको छ ।
लन्डनस्थित आर्मी रिजर्भ सेन्टर, डिन्सब्रुक रोड, एजवेयरमा आइतबार ३ मेमा साधारणसभा हुने संस्थाका अध्यक्ष जगदीश गुरुङले जानकारी दिए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, आमा अध्यक्ष, ट्रस्टीहरू, सल्लाहकारहरू, सातौं कार्यसमिति सदस्यहरू, युवा सदस्यहरू तथा सम्पूर्ण सदस्यहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
कार्यक्रमको अवसरमा संस्थाले सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूलाई नेपाली नयाँ वर्ष २०८३ को शुभकामना पनि व्यक्त गरेको छ। साथै संस्थाले प्राप्त गर्दै आएको निरन्तर सहयोग र समर्थनप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा पनि सहकार्य जारी रहने विश्वास व्यक्त गरेको छ ।
आमा समूहकी अध्यक्ष मनदेवी गुरुङ र सोंपाल समाज यूकेका महासचिव क्याप्टेन मोहन गुरुङले पनि उक्त सभामा उपस्थित भई सफल बनाउन सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेका छन्।






