नेपालको अध्यागमन विभागले भन्यो – ‘वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने’

काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष्ट गरेको छ । वैदेशिक रोजगार विभागबाट यही चैत २३ गते प्रकाशित सूचनाले वैदेशिक रोजगारीमा जाने श्रमिकमा अन्योल बढाएको भन्दै अध्यागमनले उक्त जानकारी दिएको हो । वैदेशिक रोजगार विभागले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट प्रस्थान […]
पाचोक समाज युकेको कार्यक्रममा धमाका मच्चाउँदै गायिका निरा

लन्डन । पाचोक समाज युकेको तेस्रो वार्षिक भेटघाट कार्यक्रम शनिबार हुँदैछ । अल्डरसटस्थित सुसी मो मो रेस्टुरेन्टमा हुने कार्यक्रममा नेपालबाट आएकी चर्चित लोक तथा दोहोरी गायिका निरा थापामगरको धमकेदार प्रस्तुति दिनेछिन् । शनिबारको उक्त कार्यक्रम दिउँसो १ बजेदेखि राति साढे ९ बजेसम्म लाई तोकिएको छ । प्रवेश शुल्क वयस्क २५ पाउन्ड र ६ देखि १२ […]
बेलायतमा डा. विशाल गुरुङ ‘ह्युमानिटेरियन भिजन लिडर अवार्ड’बाट सम्मानित

लन्डन । बेलायतमा डा. विशाल गुरुङ ‘ह्युमानिटेरियन भिजन लिडर अवार्ड’बाट सम्मानित भएका छन् । डा गुरुङ संस्थापक रहेको ‘रेज अफ होप फाउन्डेसन फर भिजन’ ले नेपालका विकट क्षेत्रहरुमा नि:शुल्क आँखा शिविर सञ्चालन गरी सयौंको नि:शुल्क उपचार गर्दै आएको कार्यको कदरस्वरुप उनलाई शुक्रबार अक्सफोर्डस्थित अक्सफोर्ड युनिभर्सिटी, केबल कलेजको ओराइली थिएटरमा सम्पन्न १६ औं ‘वर्ल्ड लिडर्स समिट’ […]
जीआरएनसीको नयाँ वर्ष कार्यक्रमका लागि बेलायत आइन् कलाकार रेश्मा तामाङ

लन्डन । ग्रेट रसमोर नेपाली कम्युनिटी (जीआरएनसी)ले बेलायतको अल्डरसटमा आइतबार आयोजना गर्ने नेपाली नयाँ वर्ष २०८३ को विशेष सांस्कृतिक कार्यक्रमका लागि गायिका रेश्मा तामाङ बेलायत आएकी छन् । अल्डरसटस्थित एम्पायर बैंक्युटिङ एण्ड हलमा आयोजना हुने कार्यक्रममा प्रस्तुति दिन गायिका तथा मोडल तामाङ शुक्रबार बेलायत आइपुगेकी हुन् । उनलाई आयोजक संस्थाका प्रतिनिधिले हिथ्रो एयरपोर्टमा स्वागत गरेका […]
यूके आइपुगिन् प्रतिभाशाली गायिका मञ्जु विक

लन्डन । प्रतिभाशाली गायिका मञ्जु विक यूके आइपुगेकी छिन् । गायिका मञ्जु विक ९ वर्षपछि बेलायतको सांगीतिक भ्रमणका लागि शुक्रबार राति लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हिन् । उनी सृर्जनशील नेपाली समाजको निमन्त्रणामा यूके आएकी हुन् । उनलाई विमानस्थलमा सिर्जनशील नेपाली समाज यूकेका अध्यक्ष विकास रनपाइली, एनआरएनएका पूर्वप्रमुख संरक्षक एवं समाजसेवी शेरबहादुर सुनार, लमजुङ समाज यूकेका […]
२६ वर्षीया रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । सभाको आजको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर अत्यधिक मतसहित निर्वाचित हुनुभएको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो । मतदानमा ठाकुरको पक्षमा दुई सय २९ र प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाका पक्षमा पाँच मत खसेको थियो । […]
बेलायतमा २४औँ गोर्खा कपका लागि मुख्य विधातर्फ ३२ टोली र भेट्रान विधातर्फ १६ टिम दर्ता

लन्डन । २४औँ गोर्खा कप २०२६ का लागि टिम दर्ता प्रक्रिया आधिकारिक रूपमा बन्द भएको छ । आयोजक संस्था तमु धीं यूकेका अनुसार यस वर्ष प्रतियोगितामा मुख्य विधातर्फ ३२ टोली र भेट्रान विधातर्फ १६ टोली सहभागी हुने निश्चित भएको छ । आयोजकले प्रतियोगिताप्रति निरन्तर उत्साह र सहयोग प्रदान गर्ने सबै खेलाडी, टोली तथा समर्थकहरूलाई धन्यवाद […]
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि आज मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्दै

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिल (आज)मा मानसिक स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम आयोजना गर्दैछ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँगको सहकार्यमा प्रवासमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै भर्चुअल मानसिक स्वास्थ्य सचेतना तथा परामर्श सत्र आयोजना गरिन लागेको उपाध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिए । आयोजकका अनुसार उक्त कार्यक्रम […]
९ वर्षपछि बेलायतको सांगीतिक भ्रमणमा निस्किइन् गायिका मञ्जु विक

लन्डन । चर्चित लोक तथा दोहोरी गायिका मञ्जु विक ९ वर्षपछि बेलायतको सांगीतिक भ्रमणमा निस्किएकी छन् । सृजनशील नेपाली समाजको निमन्त्रणामा शुक्रबार नेपालबाट यूके प्रस्थान गरेकी हुन् । ‘करिब करिब ९ वर्षपछि फेरि दोश्रो पटक आफ्नो साङ्गीतिक कार्यक्रमको लागि यूकेसम्मको यात्रा गर्दैछु । विशेषगरी सृजनशील नेपाली समाज बेलायतका अध्यक्ष विकास रनपैलीज्यू, आमा समूहकी अध्यक्ष नुनमाया […]
नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले नियुक्त गरे नयाँ दुई मन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई नियुक्त गरेका छन् । यसअघि श्रम मन्त्रालयको जिम्मेवारी पाएका दीपक शाह विवादमा परेपछि हटाइएको थियो भने उद्योग मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाहले आफै राख्दै आएका थिए । नवनियुक्त दुवै मन्त्री रास्वपाका बहालवाला सांसद हुन्। रामजी […]
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करहरूमा शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गर्नु भएको छ । सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करहरूमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताउनु भएको हो । पछिल्लो पोस्टमा, ट्रम्पले जलक्षेत्रमा ट्याङ्करहरू […]
‘श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौँ । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट)बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ । ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती […]