लमजुङको भुजुङमा छायांकन गरिएको दोहोरी गीत ‘मायाले मोहनी लायो’ सार्वजनिक [भिडियोसहित]

SHARE:

लमजुङ । लमजुङको पर्यटकीय गाउँ भुजुङमा छायांकन गरिएको लोक–दोहोरी गीतको म्युजिक भिडियो ‘मायाले मोहनी लायो’ सार्वजनिक भएको छ ।

क्व्होलासोथार गाउँपालिका–४ मा पर्ने भुजुङको गुरुङ बस्ती, परम्परागत घर, हरियाली पहाड र ग्रामीण जीवनशैलीलाई समेटेर भिडियो निर्माण गरिएको छ ।

द भ्वाइस अफ नेपाल सिजन ७ की विजेता निता थापा मगर र गायक सागर आलेको स्वर रहेको उक्त गीतमा निता थापा मगरसँग विजय पुनले अभिनय गरेका छन् । बिहीबार दिउँसो निता थापा मगरले आफ्नो युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेकी हुन् ।

भिडियोमा भुजुङको सघन बस्ती, ढुंगाले छाएका घर, साँघुरा गल्ली र स्थानीय जीवनशैलीका दृश्य प्रस्तुत गरिएको छ । विजय र नितालाई प्रेमिल जोडीका रुपमा चिक्रण गरिएको छ ।

छायांकनका त्रममा स्थानीयवासीको सहयोग तथा भुजुङको प्राकृतिक र भौगोलिक बनोटले भिडियोलाई थप कलात्मक बनाएको छ । यसअघि पनि विभिन्न चलचित्र, वृत्तचित्र तथा म्युजिक भिडियो छायांकन हुँदै आएको भुजुङमा यो नयाँ भिडियो सार्वजनिक भएसँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

गीतमा शिव हमालको शब्द र सागर आलेको संगीत छ । भिडियोको निर्देशन स्वयं विजय पुनले गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!