इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

थिम्पू । मध्यपूर्वमा जारी युद्धको प्रत्यक्ष असर हिमालय राष्ट्र भुटानसम्म पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढेपछि भुटान सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ, जसले सर्वसाधारणको दैनिक जीवनमा थप दबाब सिर्जना गरेको छ । सरकारले बुधबार राति इन्धनको नयाँ मूल्य सार्वजनिक गर्दै पछिल्ला हप्ताहरूमा विश्व बजारमा आएको मूल्यवृद्धि आफ्नो नियन्त्रणभन्दा बाहिरका […]

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई रिहा गर्न नेकपा एमालेको माग

काठमाडौं । प्रतिनिधिसभा पहिलो बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गरेको छ । बिहीबार बसेको बैठकमा एमाले सांसद गुरु बरालले संविधानविपरीत ओली र लेखकलाई पक्राउ गरिएको भन्दै रिहा गर्न गरेका हुन् । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र […]

नेपालमा प्रतिनिधिसभाको पहिलो अधिवेशन प्रारम्भ

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो अधिवेशन प्रारम्भ भएको छ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, श्रम संस्कृति पार्टीका […]

आर्टेमिस–२ः चन्द्र यात्रामा मानवको पुनरागमन

आधा शताब्दीभन्दा बढीपछि मानवता पुनः चन्द्रतर्फ फर्किएको छ । नासाको आर्टेमिस–२ मिसनअन्तर्गत चार अन्तरिक्ष यात्री बुधबार शक्तिशाली रकेटमार्फत चन्द्रमाको परिक्रमा गर्ने ऐतिहासिक यात्रामा प्रस्थान गरेका छन्, जसले आगामी अवतरणको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ । तीन अमेरिकी र एक क्यानेडियाली अन्तरिक्ष यात्री बोकेको ३२–तले स्पेस लन्च सिस्टम रकेट फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट साँझतिर उडेको […]

गृहमन्त्री सुधन गुरुङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गर्नुभएको हो । उहाँ गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको हो । हनुमान जयन्तीको अवसर पारेर उहाँ पशुपतिनाथ मन्दिर पुग्नुभएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ । मन्दिर […]

चलचित्र ‘रोल नं १’को पोस्टरमा शिक्षाका लागि ग्रामीण परिवारको सपना र संघर्ष

काठमाडौं । चलचित्र ‘रोल नं १’ को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी सेभेन सिज सिनेमाले आफ्नो नयाँ प्रस्तुति चलचित्र ‘रोल नं १’को पहिलो झलक सार्वजनिक गरेको हो । आगामी वर्षको जेठ १५ गते (गणतन्त्र दिवस)बाट नेपालभरका हलमा प्रदर्शनमा आउने चलचित्रको निर्माणपक्षले विहीबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो । चलचित्र ‘रोल नं. […]

इरान युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धलाई निर्णायक मोडमा पुगेको दाबी गर्दै थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने चेतावनी दिनुभएको छ । ट्रम्पको उक्त अभिव्यक्तिले युद्ध अन्त्य नजिक पुगेको सङ्केत गरे पनि अन्तर्राष्ट्रिय चिन्ता झनै बढाएको छ । ह्वाइट हाउसबाट बुधबार साँझ सम्बोधन गर्दै ट्रम्पले संयुक्त राज्य अमेरिका आफ्नो लक्ष्य […]

प्रचण्डको योजनामा एमालेमै बसेका थिए बादल …

रामकृष्ण शर्मा दार्शनिक जस्तो तर बोल्ड अनुहार, खाइलाग्दो जिउज्यान, गह्रुंगो बोली, बारुद र डाइनामाइट मिसिएको ओजनदार र विष्फोटक भाषण । २०६५ अघि बादललाई हेर्ने मेरो नजरीया Overrated थियो । २०६५ सालमा रामबहादुर थापा बादल रक्षामन्त्री हुँदा मैले उनीसँग पत्रकारको रुपमा ५ दिन चितवन भ्रमण गर्ने मौका पाएको थिएँ । बादल सधैँ गजधुम्म पर्ने मान्छे हुन्, […]

जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१ समाजसेवी खगेन्द्र घर्ती मगरलाई दिइने [विज्ञप्तिसहित]

लन्डन २ अप्रिल २०२६ । जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१ नेपाल मगर संघका संस्थापक सदस्य तथा समाजसेवी खगेन्द्र घर्ती मगरलाई प्रदान गरिने भएको छ । जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले यस वर्ष जयबहादुर हितान मगर स्मृति पुरस्कार खगेन्द्रलाई दिने निर्णय भएको जानकारी गराएको हो । उक्त पुरस्कार राशि ४० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ […]

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, जनधनमा क्षति

मनाडो । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ । सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण […]

छैटौं किरात राई प्राज्ञिक संगोष्ठी चैत २० र २१ गते काठमाडौंमा

काठमाडौं । किरात राई प्रज्ञा परिषद्को आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा यही २०८२ चैत २० र २१ गते हुने भएको छ । छैटौं वार्षिक संगोष्ठी मौखिक ज्ञान परम्पराको रूपमा रहेको मुन्दुममाथि विमर्श हुने परिषद्का सदस्य–सचिव तथा भाषाशास्त्री डा. तारामणि राईले विज्ञप्तिमा जनाएका छन् । ‘किरात राई प्रज्ञा परिषद्ले किरातसँग सम्बन्धित विविध विषयमा बहस एवम् छलफलको […]

नेपालमा सुरु भयो एसइई परीक्षा

काठमाडौँ । नेपालमा बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गरिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु भएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका […]

error: Content is protected !!