बेलायतमा नेपाली बालबालिकाका लागि दूतावासको नयाँ कार्यक्रम

लन्डन । नेपाली राजदूतावास लन्डनले ‘वान चाइल्ड, वान प्लान्टः अ डे एट द नेपाल एम्बेसी’ कार्यक्रम आयोजना गर्ने भएको छ । बेलायतका विभिन्न विद्यालयमा अध्ययनरत ५ देखि १५ वर्ष उमेर समूहका नेपालीमूलका बालबालिकालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने भएको हो । संयुक्त अधिराज्य (बेलायत) मा रहेका गैरआवासीय नेपालीका सन्ततिहरूलाई नेपालसँग आवद्ध गराउने उद्देश्यसहित कार्यक्रम गर्न […]

भूतपूर्व ब्रिटिश गोर्खासहित ६ नेपाली बेलायतमा चुनावी भिडन्तमा

लन्डन । बेलायतमा आउँदो मे ७ मा हुने स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरू पनि मैदानमा उत्रिएका छन् । निर्वाचनको दौरानमा रहेका उम्मेदवारहरुमा पूर्व ब्रिटिस आर्मीदेखि चिकित्सकलगायत छन् । उनीहरुले अहिले चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । उत्तरबहादुर गुरुङ : भूतपूर्व ब्रिटिश गोर्खा नेपालीहरुको उल्लेख्य बसोवास रहेको रसमोर बरो अन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् […]

क्वोंने (घोताने/घोण्डे) गुरुङ तमु समाज यूकेको ११ औं वार्षिक साधारणसभा अप्रिल २६ मा

लन्डन । क्वोंने (घोताने/घोण्डे) गुरुङ तमु समाज यूकेको ११ औं वार्षिक साधारणसभा आगामी अप्रिल २६ तारिखमा हुने भएको छ । समाजका अध्यक्ष कुमार गुरुङले २६ अप्रिल आइतबार साधारणसभा हुने जानकारी दिएका हुन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ बजेदेखि हुने छ । क्वोंने (घोताने/घोण्डे) गुरुङ तमु समाज यूके दाजुभाइहरु (भाइखलकहरु) तथा दिदीबहिनीहरु (चेलीबेटीहरु)लाई उपस्थितिका […]

ले. कर्ण गुरुङ बेलायतको चुनावी मैदानमा

प्रस्तुति: चिम्खोले काइँला – बेलायत भूतपूर्व गोर्खा लेफ्टिनेन्ट (रिटायर्ड) कर्णप्रसाद गुरुङ बेलायतमा आगामी ७ मे २०२६ मा हुने स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएका छन्। उनी लन्डनको हाउन्स्लो बरो काउन्सिल अन्तर्गत बेडफन्ट वार्डबाट कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर पदका लागि उम्मेदवार बनेका हुन्। पर्वत जिल्लाको भोक्सिङ देउरालीमा जन्मिएका गुरुङको बाल्यकाल भोक्सिङ, कोलकाता र हङकङमा बितेको थियो। उनले […]

सांसद राईलाई बेलायतवासी ईन्द्र घोथानेको सुझाव – `श्रम राष्ट्रपिता` हर्क साम्पाङ राई भनेर सधैंभरि यादगार रहोस्

हर्क साम्पाङज्यू, तपाईं एउटा युवा नेता जनताको मनमस्तिष्कमा बस्न सफल,मनले सफा र बोलेर होइन गरेर देखाउने स्वभावका व्यक्तित्व हुनुहुन्छ। यही कारणले नेपाली जनताले तपाईंप्रति देशको समृद्धि र विकास सम्भव छ भन्ने गहिरो विश्वास राखेका छन्। तपाईंप्रति देखिएको यो भरोसा साधारण होइन यो वर्षौँको अपेक्षा र आशाको प्रतिफल हो। तपाईंलाई मैले आज एउटा नेपाली नागरिक र […]

बेलायतको विन्चेस्टरमा ४ अप्रिलमा प्रदर्शन हुँदै ‘मिलारेपा’ नाटक

लन्डन १ अप्रिल २०२६। बेलायतको विन्चेस्टरमा ‘मिलारेपा’ नाटक अन्तिम पटक ४ अप्रिलमा प्रदर्शन हुँदै छ । बुद्धिष्ट कम्युनिटी सेन्टरु (बीसीसी) यूके गुम्बाको संयोजनमा कवि कफी विन्चेस्टरमा मिलारेपा मञ्चन हुन लागेको हो । नाटक प्रदर्शन साँझ ५ बजेदेखि हुने पञ्च तामाङले बताइन् । मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा […]

मार्चमा एक लाख २० हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो । तथ्याङ्कअनुसार मार्च २०२६ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल […]

इस्टले गोर्खा नेप्लिज एसोसिएसनको आयोजनामा १६ मेमा गोर्खा संग्रहालय र सर हेरोल्ड हिलियर गार्डेन भ्रमण

लन्डन १ अप्रिल २०२६ । बेलायतमा इस्टलेग गोर्खा नेप्लिज एसोसिएसनको आयोजनामा १६ मे २०२६ मा गोर्खा संग्रहालय र सर हेरोल्ड हिलियर गार्डेन भ्रमण हुने भएको छ । एसोसिएसनले वार्षिक भ्रमण गराउँदै आएकोमा यस वर्ष मे १६ शनिबारलाई तय गरिएको इस्टलेग गोर्खा नेप्लिज एसोसिएसनका अध्यक्ष कमलबहादुर पुर्जाले जानकारी दिए ।अध्यक्ष पुर्जाले सम्भव भएमा आफ्नो परिवार र […]

नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा चयन

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संघीय संसदीय दलको नेतामा रामबहादुर थापा चयन भएका छन् । दलको विधान २०७७ को दफा ६ बमोजिम सम्पन्न चयन प्रक्रियाअनुसार थापाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध रूपमा दलको नेता घोषित भएका हुन् । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बुधबार सम्पन्न निर्वाचनमा अन्य कुनै उम्मेदवार नपरेपछि थापा स्वतः निर्वाचित भएको […]

नेपालमा गुरुङ गृहमन्त्री बनेपछि पक्राउ परे पूर्वप्रधानमन्त्री, सांसददेखि सीडीओसम्म

लन्डन १ अप्रिल २०२६ । नेपालमा सुधन गुरुङले गृहमन्त्रालयको नेतृत्व सम्हालेपछि राज्यका उच्च ओहदामा पुगेका पूर्वप्रधानमन्त्री, सांसददेखि सीडीओसम्मका व्यक्तिहरु पक्राउ परेका छन् । चैत १३ मा गृहमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिएका गुरुङले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन र तत्कालीन सरकारले उन्मुक्ति दिँदै आएका आरोपितहरुलाई पक्राउ गराएका हुन् । गुरुङले शपथ लिएको भोलिपल्ट पूर्वप्रधानमन्त्री तथा नेकपा […]

मध्यपूर्वमा युद्धको सम्भावना बढ्दै, क्षेत्रीय तनाव चुलिँदै

न्यूयोर्क । अमेरिकाले मध्यपूर्व क्षेत्रमा हजारौँ थप सैनिक पठाउन थालेको छ । डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानसँग वार्ता प्रगति भएको दाबी गर्दै, सम्झौता नभए युद्ध अझ बढाउन सकिने चेतावनी दिएको छ । अमेरिकी रक्षा मन्त्री पीट हेगसेथका अनुसार, ठूलो युद्धपोत ‘युएसएस जर्ज एच. डब्ल्यू. बुश’ सहित विनाशकारी जहाजहरू मध्यपूर्व पठाइएका छन् । यस युद्ध समूहमा […]

क्षेत्री समाज बेलायतले आगामी डिसेम्बर १३ मा बृहत् च्यारिटी कार्यक्रम आयोजना गर्ने

लन्डन । क्षेत्री समाज बेलायत (क्षेत्री वेलफेयर फाउन्डेसन यूके)ले आगामी डिसेम्बर १३ मा बृहत् च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा आइतबार भएको क्षेत्री समाज बेलायतको वार्षिक साधारणसभाले डिसेम्बरमा च्यारिटी आयोजना गर्ने र उक्त कार्यक्रम संयोजनको जिम्मेवारी संस्थाकी उपाध्यक्ष प्रतिमा केसीलाई दिएको हो । समाजका अध्यक्ष क्याप्टेन टेक जिसीको अध्यक्षतामा सम्पन्न सभामा […]

error: Content is protected !!