बेलायतबाट दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि हालसम्म क-कसले गरे सहयोग ? [नामावली]

लन्डन १ अप्रिल २०२६ । नेपालको तनहुँमा हुने दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि बेलायतका विभिन्न समाजसेवीले आर्थिक सहयोग पठाएका छन् । आगामी २०८३ वैशाख ४ र ५ गते तनहुँको रिसिङ गाउँपालिका–१, झापुटारमा आयोजना हुने “दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन–२०८३” का लागि ५ हजार देखि ५० हजार रुपैयाँसम्म सहयोग गरेका हुन् । सहयोग आउनेक्रम जारी […]

सिक्किमका कवि सोनाम पाल्जर तामाङलाई ‘मेरो कविता- द रिदम अफ पोएट्री’को उपाधि

दमक । ‘मेरो कविता- द रिदम अफ पोएट्री’को उपाधि सिक्किमका कवि सोनाम पाल्जर तामाङले जितेका छन् । झापाको बेलडाँगीमा सोमबार सम्पन्न ग्राण्ड फिनालेमा उनलाई विजेता घोषणा गरिएको हो । वरिष्ठ कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको फिनालेमा अन्य तीन प्रतिस्पर्धी कविहरूलाई तामाङले सर्वाधिक मत हासिल गर्दै विजयी भएका थिए । […]

डा.योगी विकाशानन्दले ४ अप्रिलमा यूरोपवासीलाई जुममार्फत मनोक्रान्ति प्रवचन दिने

लन्डन १ अप्रिल २०२६ । मनोक्रान्तिका प्रणेता गुरु डा. योगी विकाशानन्दले बेलायतलगायत यूरोपका विभिन्न रास्ट्रहरुमा बसोबास गर्ने नेपालीलाई यही ४ अप्रिल शनिबार प्रवचन दिने भएका छन् । डा.योगी विकाशानन्दले जुममार्फत यूके समय बिहान ६:४५ बाट ९ बजेसम्म जुममार्फत लाइभ प्रवचन दिने भएका छन् । यूरोपको समय बिहान ७:४५ देखि ९:४५ र नेपाल समय ११:४५ देखि […]

नेपाल आयल निगमले बढायो हवाई इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु एक सय २४ ले बृद्धि गरिएको छ । साविकमा प्रतिलिटर रु एक सय २७ रहेको आन्तरिकतर्फको हवाई इन्धन अब बृद्धिपछि प्रतिलिटर दुई सय ५१ रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोमिटर आठ […]

नेपालमा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौं । नेपालमा गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएको छ । तल्लो भंगाल-८, बुढानिलकण्ठ नगरपालिका काठमाडौंमा मंगलबार एक समारोहबीच बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीलगायतले भवन शिलान्यास गरेका हन् । शिलान्यासका क्रममा लामा गुरुङले पूजापाठ गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले नगरभित्र सुन्दर भवन बन्न लागेकोमा खुसी […]

व्यवसायी तथा समाजसेवी विजय गुरुङ र लक्ष्मी गुरुङले गरे १/१ लाख भूमिदान सहयोग

काठमाडौं । व्यवसायी तथा समाजसेवी विजय गुरुङ र लक्ष्मी गुरुङले १/१ लाख रुपैयाँ भूमिदान सहयोग गरेका छन् । काठमाडं बुढानिलकण्ठ भंगालमा गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि विजय र श्रीमती सम्झना गुरूङले एक लाख पाँच रूपैयाँ र श्री स्वास्तिक लक्ष्मी फाउन्डेसनकी लक्ष्मी गुरूङले एकलाख रूपैयाँ सहयोग गरेको समाजले जनाएको छ […]

नेपाली नयाँ वर्षमा हङकङ जाँदै आधा दर्जन चर्चित गुरुङ कलाकार

लन्डन । नेपाली नयाँ वर्ष २०८३ मा आधा दर्जन चर्चित गुरुङ कलाकारहरु हङकङ जाने भएका छन् । दिप फिल्मस प्रडक्सन ग्रुप प्राइभेट लिमिटेडले ब्लु ओसन रेस्टुरेन्ट जोर्डनमा आयोजना गर्ने नयाँ वर्ष २०८३ सांगीतिक कार्यक्रममा धमकेदार प्रस्तुति दिन गायक/गायिका, मोडल/डान्सरलगायत हङकङमा जान लागेका हुन् । कार्यक्रम आउँदो अप्रिल १२ मा आइतबार हुने छ । कार्यक्रमका लागि […]

तमु धीं यूकेको २०२६ को सम्भावित कार्यक्रम सार्वजनिक, के-के छन् ? [सूची]

लन्डन । तमु धीं यूकेले सन् २०२६ को आगामी सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ । गोर्खा कप, नेपाली मेलाजस्ता लोकप्रिय कार्यक्रम गर्दै आएको तमु धींले ३० मार्चमा यस वर्षका बाँकी कार्यक्रमको सूची सार्वजनिक गरेको हो । यस्ता छन् तमु धींकेको फेसबुकबाट सार्वजनिक कार्यक्रम

पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा नेकपा एमालेको थप आन्दोलनको घोषणा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले थप आन्दोलनको घोषणा गरेको छ । मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकपछि महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नु गैरकानुनी र प्रतिशोधपूर्ण भएको भन्दै सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको […]

मध्यपूर्व तनाव चर्किंदै, ऊर्जा बजार स्थिर राख्न आवश्यक सबै उपाय अपनाउने जी–७ राष्ट्रहरूको प्रतिबद्धता

पेरिस । मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको छ । दक्षिणी लेबनानमा जारी सङ्घर्षका क्रममा इजरायली सेनाले चार सैनिक गुमाएको जनाएको छ । ती सैनिकहरू एउटै बटालियनका रहेको र भिडन्तका क्रममा मृत्यु भएको सैन्य वक्तव्यमा […]

काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी रिजाल पक्राउ

काठमाडौँ । काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई मंगलबार बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई […]

यस्तो छ नेपालमा मंगलबारका लागि तय भएको विदेशी मुद्राको विनिमयदर, पाउन्ड कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ […]

error: Content is protected !!