काठमाडौं । व्यवसायी तथा समाजसेवी विजय गुरुङ र लक्ष्मी गुरुङले १/१ लाख रुपैयाँ भूमिदान सहयोग गरेका छन् ।
काठमाडं बुढानिलकण्ठ भंगालमा गुरूङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि विजय र श्रीमती सम्झना गुरूङले एक लाख पाँच रूपैयाँ र श्री स्वास्तिक लक्ष्मी फाउन्डेसनकी लक्ष्मी गुरूङले एकलाख रूपैयाँ सहयोग गरेको समाजले जनाएको छ ।
सहयोगीहरुलाई समाजले हार्दिक साधुबाद तथा सदैब सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेको छ । समाजको भवन निर्माणका लागि एक समारोहबीच मंगलबार तल्लो भंगाल-८, बुढानिलकण्ठमा शिलान्यास गरिएको छ ।






