लन्डनमा १२औँ वार्षिक शैक्षिक सम्मेलन सम्पन्न, राजदूतलगायत कसले के भने ?

लन्डन । लन्डनमा १२औँ वार्षिक शैक्षिक सम्मेलन सम्पन्न भएको छ । नेपाली नर्सिङ एसोसिएसन यूकेले शनिबार लन्डनस्थित ह्यारो बरो फुटबल क्लबमा सम्मेलन गरेको हो । नेपाली दूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीले यस्ता कार्यक्रमले विदेशमा नेपालीको पहिचान गराउनुका साथै नेपालीहरू परिश्रमी छन् भन्ने पनि देखाउने बताए । लुइसम एण्ड ग्रीनवीच ट्रष्टकी क्लिनिकल स्पेसियालिस्ट नर्स सुशीला […]
हार्दिक बधाई तथा शुभकामना: डा. दुत पुन मगर (चिम्खोले काईला)

नेपालका राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ बजे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । यसअघि, आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका […]
ईलमपोखरी समाज यूकेको कार्यसमिति पदाधिकारीहरु तथा सल्लाहकारहरुबीच बैठक सम्पन्न

लन्डन । गत मार्च २८ शनिबारका दिन ईलमपोखरी समाज यूकेका अध्यक्ष परशु गुरुङको सभापतित्वमा D’Lounge Restaurant & Bar Aldershot मा बसेको कार्यसमितिका पदाधिकारीहरु तथा सल्लाहकारहरुको प्रथम संयुक्त बैठकमा विविध बुँदाहरुमा छलफल गरी निम्न लिखित निर्णयहरु पारित गरियो । गत १५ नोभेम्बर २०२५ मा सम्पन्न भएको वार्षिक साधारणसभामा निर्णय भएअनुरुप समाजका कुनै सदस्यको असामयिक निधन भएको […]
आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार निर्वाचित

काठमाडौं ३० मार्च २०२६ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (निफ) को अध्यक्षमा शोभा सुनुवार निर्वाचित भएकी छन् । निफको ९ औँ राष्ट्रिय महाधिवेशनबाट सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । हिमाली उपाध्यक्षमा पुष्पा बुढाथोकी, पहाड उपाध्यक्षमा अर्चना दनुवार र उपाध्यक्ष (तराई)मा आशा कुमारी चयन भएकी छन् । महासचिवमा धनकुमारी राना र कोषाध्यक्षमा नानु […]
म्याग्दीमा एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी । मालिका गाउँपालिका–७ प्रभुचेला ‘ योगध्यान केन्द्र’का रूपमा विकास भएको छ । बस्तीदेखि टाढा शान्त र एकान्त वातावरणमा रहेको प्रभुचेलामा भौतिक पूर्वाधार तयार भएपछि तनाव व्यवस्थापनका लागि मानिसहरू ‘ध्यान’ गर्न आउन थालेका हुन् । प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको ध्यान गर्ने थलोका रूपमा विकास भएको प्रभुचेला धुरी ध्यानाश्रम समितिका […]
बेलायतमा सक्रिय ‘सेभेन सिस्टर’बाट क्यान्सर रोगी निस्मा गुरुङ र गुम्बाको लागि १ लाख सहयोग

लन्डन ३० मार्च २०२६ । बेलायतमा सक्रिय ‘सेभेन सिस्टर’ले क्यान्सर रोगी निस्मा गुरुङ र गुरूङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र गुम्बाको लागि १ लाख सहयोग गरेका छन् । नेपालको स्याङ्जा जिल्ला निवासी राष्ट्रिय फुटबल खेलाडी जीवन गुरुङकी श्रीमती निस्मालाई जीवनको ५० हजार सहयोग पठाइएको आइतबार पार्वती गुरुङले जानकारी दिइन् । उनका अुनसार ब्लड क्यान्सर […]
बेलायतवासी समाजसेवी शुभ नेम्बाङ र काजी साम्युद्वारा विद्यालयमा ५ लाखको अक्षय कोष स्थापना

लन्डन । बेलायतवासी समाजसेवी शुभ नेम्बाङ र काजी साम्यु दम्पतीले पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङस्थित श्री सत्यहाङमा माध्यमिक विद्यालयमा ५ लाखको अक्षय कोष स्थापना गराएका छन् । ईम्बुङ घर भई हाल बेलायतमा बस्ने शुभ र काजीले आइतबार विद्यालयमा एक समारोहबीच केबीडी (कुवेरसिं, बुद्धमाया, धनमाया) अक्षय कोष स्थापनाका लागि प्रधानाध्यापक अमित सुब्बा र […]
डा भगवान कोइरालाको नेतृत्वमा स्थापित चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ यूकेमा च्यारिटी कार्यक्रम हुँदै

लन्डन ३० मार्च २०२६ । वरिष्ठ हृदय रोग विशेषज्ञ डा भगवान कोइरालाको नेतृत्वमा स्थापित काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ लन्डनमा एक च्यारिटी कार्यक्रम आयोजना गर्न लागिएको छ । के–पाल्स यूकेले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सहयोग पुर्याउने उद्देश्यले आउँदो अप्रिल १८ (शनिबार) एउटा च्यारिटी कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रमले समर्थक, दाता तथा शुभेच्छुकहरूलाई […]
बालश्रम गराएको आरोपमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राति करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए । उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।
किराँत याक्थुङ चुम्लुङ नेपालको अध्यक्षमा गोविन्द आङबुङ चयन

काठमाडौं । किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमिति नेपालको अध्यक्षमा गोविन्द आङबुङ चयन भएका छन् । कियाचु नेपालको २६-२९ मार्च २०२६ का दिन भद्रपुरमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट गोविन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षका उम्मेदवारत्रय डा.कमल तिगेला, प्रेम येक्तेन र गोविन्द आङबुङबीच लिखित सहमतिपश्चात् अध्यक्षमा गोविन्द चयन भएका हुन् । सचिव र […]
नेपालमा अब आवेदन दिएकै दिनमा श्रम स्वीकृति पाइने

काठमाडौं । नेपालमा अब आवेदन दिएकै दिनममा श्रम स्वीकृति पाइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा प्रयोग हुँदै आएको टोकन प्रणाली खारेज गर्दै आवेदन दिएको दिनमै स्वीकृति दिने व्यवस्था सुरू गरेको आइतबार विज्ञप्तिमार्फत जनाएको हो । श्रममन्त्री दीपककुमार साहको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार श्रम […]