झापामा चलचित्र ‘पाँच पाण्डव’ धमाधम छायांकन, प्रशान्त ताम्राकार र इभा गिरीको प्रवेश

काठमाडौं । ठूलो लगानी र नाम चलेका कलाकारहरूको जमघटका कारण चर्चामा रहेको चलचित्र ‘पाँच पाण्डव’ को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रहरूलाई भित्र्याएको छ । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रमा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र […]
एनआरएनए अध्यक्ष डा. शर्माले १० दिनमा के के गरे ? (हेरौं प्रतिवेदन)

लन्डन । एनआरएनएका नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले आफूले १० दिनमा सम्पादन गरेको कार्य प्रतिवेदन सार्वजनिक गरेका छन् । अध्यक्ष शर्माले मार्च १७ देखि २७ सम्ममा गरेका १० बुँदे कार्यहरुको विवरण आइतबार सार्वजनिक गरेका हुन् । अध्यक्ष डा शर्माले आगामी आइतबारदेखि हरेक साता साँझ ५ बजे भर्चुअल माध्यमबाट मिट टु प्रेसिडेन्ट कार्यक्रम गर्ने समेत जनाएका […]
नेपालका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई थुनामा राख्न पाँच दिन म्याद थप

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले पाँच दिन समय दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आइतबार एमाले अध्यक्षसमेत रहेका ओली र कांग्रेस नेता लेखकलाई ५ दिन म्याद थपको अनुमति दिएको हो । अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठका अनुसार उनीहरूलाई १० दिन […]
बालेन सरकारको १०० कार्यसूचीमा प्रवासी नेपालीबारे उल्लेख नहुनु दुखद् : आचार्य

लन्डन । एनआरएनए आईसीसी पूर्वअध्यक्ष कुल आचार्यले बालेन सरकारको १०० कार्यसूचीमा प्रवासी नेपालीबारे केही पनि विषय उल्लेख नहुनु दुखद् भएको प्रतिक्रिया दिएका छन् । आइतबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै आचार्यले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउन विदेशमा रहेका नेपालीको योगदान भए पनि कार्ययोजनामा प्रवासमा बस्ने नेपालीहरुका बारेमा केही पनि उल्लेख नगरेकोमा दु:ख लागेको बताएका […]
हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौँ । बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न सफल भएका छन् । बक्सिङ खेल क्षेत्रमा ‘हिमालय चितुवा’बाट विश्वपरिचित उनी ‘के वान क्रस’को उपाधि दुई पटक चुमेर नयाँ विश्व कीर्तिमान कायम गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् । जापानको टोकियो सहरमा शनिबार भएको सो प्रतियोगितामा हिमालय चितुवाले जापानका प्रतिस्पर्धी रिकुलाई नकआउटमा पराजित […]
साउथ ईष्ट लन्डनमा आज ऐतिहासिक नाटक ‘मिलारेपा’ मञ्चन हुँदै

पूर्ण गुरुङ लन्डन २९ मार्च २०२६ । मानव जीवनको गहिरो अर्थ, धर्म, त्याग, सङ्घर्ष र आत्मबोधलाई उजागर गर्ने सत्य कथामा आधारित ऐतिहासिक नाटक ‘मिलारेपा’ साउथ ईष्ट लन्डनमा आज आइतबार मञ्चन हुँदै छ । निर्देशक बुद्धि तामाङ र लामा कोसिस वाइबाको विशेष उपस्थितिमा २९ मार्च २०२६ साँझ ४.३० बजे लन्डन, विलविचस्थित ट्रामसेड हलमा प्रदर्शन गरिने लागेको […]
नेपाली साहित्य विकास परिषद् यूकेद्वारा एनएलडिसी पुरस्कार लामिछाने, श्रेष्ठ र सिंहलाई प्रदान गर्ने घोषणा

लन्डन २९ मार्च २०२६ । नेपाली साहित्य विकास परिषद् यूकेले यस वर्षको एनएलडिसी पुरस्कार रेडियो नेपालका पूर्व समाचार वाचक वरिष्ठ पत्रकार हरिशरण लामिछाने, श्री जानकी माता धार्मिक संघ कोलकत्ता भारतका अध्यक्ष साहित्यकार गुञ्जदाश श्रेष्ठ र साँस्कृतिक प्रमुख कलाकार सन्तोषी सिंहलाई प्रदान गर्ने भएको छ । परिषद्का अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लद्वारा जारी विज्ञप्तिमा जनाइए अनुसार […]
एभरेष्ट टाइम्स यूकेका सम्पादक दुत पुनलाई विद्यावारिधिको उपाधि

लन्डन २९ मार्च २०२६ । एभरेष्ट टाइम्स यूकेका सम्पादक तथा मगर संघ यूकेका पूर्वअध्यक्ष दुत पुन (चिम्खोले काइँला) लाई विद्यावारिधिको उपाधि प्राप्त भएको छ । डा.पुनले ‘The Euro American Education Group’ द्वारा सञ्चालित ‘European Institute of Management and Technology’ (EIMT) बाट ‘Doctorate in Arts (Social Science)’ विषयमा आफ्नो अध्ययन पूरा गरी उक्त उपाधि हासिल गरेका […]
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पूर्वमन्त्री खड्कालाई आइतबार बिहान पक्राउ गरेको हो । सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।
४४ विद्यार्थीलाई तामाङ सोसाईटी अफ यूकेको छात्रवृत्ति

लन्डन । तामाङ सोसाईटी अफ यूकेले ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ स्थित समाज विकास माविका विद्यार्थीहरुलाई शुक्रबार तामाङ सोसाईटी अफ यूकेका अध्यक्ष प्रताप लामा तामाङ, श्रीमती चित्रकुमारी तामाङले संस्थाको तर्फबाट झोला, कपडा र शैक्षिक सामग्रीलगायत प्रदान गरेका हुन् । कार्यक्रममा देवनन्द लामा, मनु लामासहित वरिष्ठ गायक प्रेम लोप्चन, गायक […]
नेपाल सरकारले १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने

काठमाडौँ । नेपाल सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ । समितिमा कानुन, अर्थ, राजस्व तथा अनुसन्धान क्षेत्रका विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधि समावेश गर्ने सरकारद्वारा आज सार्वजनिक शासकीय सुधारसम्बन्धी कार्यसूचीमा उल्लेख छ । उक्त समितिले पहिलो चरणमा २०६२/६३ देखि हालसम्म […]
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग – ‘ओली र लेखकलाई रिहा गर’

लन्डन । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिले भदौ २३ र २४ को घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ । मञ्चले उक्त प्रतिवेदन एकपक्षीय, तथ्यहीन र पूर्वाग्रही रहेको आरोप लगाउँदै त्यसको कार्यान्वयन रोक्न माग गरेको छ । मञ्चका अध्यक्ष रमेश पाण्डे […]