बेलायतवासी समाजसेवी शुभ नेम्बाङ र काजी साम्युद्वारा विद्यालयमा ५ लाखको अक्षय कोष स्थापना

SHARE:

लन्डन । बेलायतवासी समाजसेवी शुभ नेम्बाङ र काजी साम्यु दम्पतीले पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङस्थित श्री सत्यहाङमा माध्यमिक विद्यालयमा ५ लाखको अक्षय कोष स्थापना गराएका छन् ।

ईम्बुङ घर भई हाल बेलायतमा बस्ने शुभ र काजीले आइतबार विद्यालयमा एक समारोहबीच केबीडी (कुवेरसिं, बुद्धमाया, धनमाया) अक्षय कोष स्थापनाका लागि प्रधानाध्यापक अमित सुब्बा र स्कुल परिवारलाई रकम हस्तान्तरण गरेका हुन् । अक्षय कोष हस्तान्तरण कार्यक्रममा वयोवृद्ध सार्जन्ट ९२ वर्षीय कुबेरसिं नेम्बाङ र उनकी धर्मपत्नी बुद्धमाया जबेगु नेम्बाङ, छोरा मनोक्रान्ति योद्धा तथा सामाजिक अभियन्ता गजेन्द्रराज नेम्बाङ र उनकी धर्मपत्नी सविता तुम्बापो नेम्बाङ, छोरी मिना नेम्बाङ, विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावकलगायतको उपस्थिति थियो ।

अक्षयकोष रकम बापतको ब्याजबाट जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष कार्यक्रम गरी पुरस्कार प्रदान गरिने विद्यालयका प्रधानाध्यापक अमित सुब्बाले जानकारी दिए । उनले अक्षय कोष निर्माणका निमित्त सहयोग गर्ने शुभ नेम्बाङ र काजी साम्युलाई हार्दिक कृतज्ञता व्यक्त गरे ।

अक्षय कोष स्थापना भएकोमा खुसी व्यक्त गर्दै प्रअ सुब्बाले थप सहयोगको निम्ति अपिल पनि गरेका छन् ।

कार्यक्रममा विद्यालयका तर्फबाट कुबेरसिं नेम्बाङ र उनकी धर्मपत्नी बुद्धमाया जबेगु नेम्बाङ, छोरा मनोक्रान्ति योद्धा तथा सामाजिक अभियन्ता गजेन्द्रराज नेम्बाङ र उनकी धर्मपत्नी सविता तुम्बापो नेम्बाङ, छोरी मिना नेम्बाङ, अक्षय कोष रकम दाता शुभ नेम्बाङ र काजी साम्युलाई सम्मान गरिएको थियो ।

शुभ नेम्बाङ किरात याक्थुङ चुम्लुङ यूकेको महिला कमिटीको महासचिव, केवाईसी युथ फोरमको कोषाध्यक्ष छिन् ।

उनले यसअघि ताप्लेजुङको खवाङस्थित गणेश माविमा पनि ५ लाखको अक्षय कोष स्थापना गरिदिएकी थिइन् । त्यसबाहेक बेलायत र नेपालमा विभिन्न सहयोगलाई निरन्तरता दिँदै आइरहेकी छन् ।

काजी साम्यु किरात याक्थुङ चुम्लुङ (केवाईसी) आसफोर्ड शाखाको पूर्वउपाध्यक्ष हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!