एभरेष्ट टाइम्स यूकेका सम्पादक दुत पुनलाई विद्यावारिधिको उपाधि

SHARE:

लन्डन २९ मार्च २०२६ । एभरेष्ट टाइम्स यूकेका सम्पादक तथा मगर संघ यूकेका पूर्वअध्यक्ष दुत पुन (चिम्खोले काइँला) लाई विद्यावारिधिको उपाधि प्राप्त भएको छ ।

डा.पुनले ‘The Euro American Education Group’ द्वारा सञ्चालित ‘European Institute of Management and Technology’ (EIMT) बाट ‘Doctorate in Arts (Social Science)’ विषयमा आफ्नो अध्ययन पूरा गरी उक्त उपाधि हासिल गरेका हुन् । डा.पुनलाई शनिबार, २८ मार्च २०२६ का दिन बेलायतको ऐतिहासिक भवन ‘House of Lords’ मा आयोजित एक विशेष दीक्षान्त समारोहका बीच विद्यावारिधिद्वारा दीक्षित गरिएको हो । डा.पुन पेशाले बेलायतको रक्षा मन्त्रालयको निजामती कर्मचारी हुन्।

नेपाल र बेलायतका विभिन्न सामाजिक संघ-संस्थाहरूमा सक्रिय पुनले यसअघि सन् २०१८ मा बेलायतको Anglia Ruskin University बाट ‘Marketing and Innovation’ विषयमा स्नातकोत्तर (Master’s Degree) तहको अध्ययन पूरा गरेका थिए । उनको यो पछिल्लो शैक्षिक उपलब्धिले नेपाली समुदाय र प्राज्ञिक क्षेत्रमा थप उत्साह थप्नुको साथै प्रेरनाको स्रोत बन्ने विश्वास लिइएको छ ।

म्याग्दी रघुगंगा गाउँपालिका-७ चिम्खोलामा जन्मिएका पुन पूर्वब्रिटिस गोर्खा हुन् । ६५ वर्षीय पुन साहित्य लेखन, पत्रकारिता र समाजिक काममा पनि उत्तिकै सक्रिय रहेका छन् । उनका कवितासंग्रह, कथासंग्रह, नियात्रा, व्यक्तित्व, उपन्यासलगायत एक दर्जन पुस्तक प्रकाशित छन् । साथै चलचित्र निर्माण, लोक तथा दोहोरी गीत र आधुनिक गीति एल्बल निकालेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!