कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई बिहीबार स्वदेश फर्काइएको हो । विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा […]

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदले पाए प्रमाणपत्र

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन आयोगले बिहीबार केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले टीका एवं फूलमालाले स्वागत गरेका थिए । आयोगका […]

बेलायत निवासी थापामगर दम्पतीद्वारा विवाह वर्षगाँठमा असहायलाई सहयोग

लन्डन । बेलायत निवासी कुमार थापामगर दम्पतीले जन्म दिन र विवाह वर्षगाँठको अवसरमा असहाय बालबालिकालाई सहयोग गरेका छन् । सरावल नवलपरासी जन्मेर लामो समयसम्म हङकङमा कर्मथलो हुँदै अहिले बेलायतमा सपरिवार बसोबास गर्ने समाजसेवी कुमार थापामगरले ५० औं वर्षको जन्मदिनसँगै २५ वर्ष विवाह उत्सवको शुभउपलक्ष्यमा एकीकृत समृद्धि नेपालका ३५ जना बालबालिकाहरुलाई खाना खुवाउनुको साथै बालबालिकाहरुको स्कुल […]

ए स्टार फाइनान्सियल सलुशन्स यूके प्रमुख प्रायोजक रहेको ‘ए स्टार नेपाल बास्केटबल लिग लन्डनमा जारी

लन्डन । ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु भएको छ। अल्डरशटस्थित ग्यारिसन स्पोर्ट्स सेन्टर, रावलिन्सन रोडमा आइतबार आयोजित खेलमा पाँच टोलीले सहभागिता जनाएका थिए । लिगअन्तर्गत पहिलो खेल ह्याम्पशायर हूपर्स र ग्रीनफोर्ड नाइट्सबीच भएको थियो भने दोस्रो खेल कोलचेस्टर एलिट्स र स्यान्डहर्स्ट निक्सबीच भएको थियो । यसैगरी तेस्रो खेल डीबीएस र ग्रीनफोर्ड रोभर्सबीच […]

भावी रोडम्याप तयार पार्न काडमाडौंमा एनआरएनएको नवनिर्वाचित कार्यसमितिको बैठक

काठमाडौं १९ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक काठमाडौं चलिरहेको छ । दुई दिनदेखि जारी बैठकमा संघको भावी रोडम्याप तयार पार्ने विषयमा छलफल भइरहेको उपाध्यक्ष रोजिना प्रधान राईले जानकारी दिएकी छन् । ‘एनआरएनए आईसीसी नवनिर्वाचित कार्यसमितिको पहिलो औपचारिक परिचयात्मक बैठक हिजो (बुधबार) सम्पन्न भयो। आज 114th Face-to-Face & Extended […]

नेपाली कांग्रेस सभापति गगनकुमार थापाले दिए राजीनामा

काठमाडौँ १९ मार्च २०२६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । उनले बुधबार पदबाट राजीनामा दिएको पार्टी कार्यालयले जनाएको छ । गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए । यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका निम्ति आह्वान गरेको छ ।

एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठक : युद्धबाट प्रभावित नेपालीहरूको तत्काल उद्धारमा खटिने

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक १८ मार्चमा बसेको छ । संघका अध्यक्ष डा हेमराज शर्माको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले वैदेशिक रोजगारी कल्याणकारी कोषलाई विस्तार गर्दै यस कार्यकालमा १० करोड पुर्‍याउनेलगायत निर्णय गरेको छ । यस्ता निर्णयहरु • वैदेशिक रोजगारी कल्याणकारी कोषलाई विस्तार गर्दै यस कार्यकालमा १० करोड पुर्‍याउने। […]

नेपाल पुनमगर समाज रघुगंगा गाउँपालिकामा नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा टिका पुर्जा

फोटो- साजन पुन मगर म्याग्दी । नेपाल पुनमगर समाज रघुगंगा गाउँपालिकाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको ग़म पुनमगरले जानकारी दिए। बुधरबार सम्पन्न प्रथम पालिका अधिवेशनबाट टिका पुर्जा पुनमगरको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षमा टिका पुर्जा पुनमगर, उपाध्यक्ष चेतन गर्बुजा पुनमगर, सचिव विनु राम्जाली पुनमगर, सहसचिव दिवा शेर्पुन्जा पुनमगर र कोषाध्यक्ष […]

बेलायतमा २१ मार्चमा रमाइलो साँझ, उपस्थित हुन गायिका निराको आग्रह [भिडियोसहित]

लन्डन । साउथ इस्ट लन्डनमा यही २१ मार्चमा रमाइलो साँझ २०२६ हुने भएको छ । अपर विकहम लेनस्थित सेन्ट माइकल चर्चमा शनिबार २१ मार्चमा रमाइलो साँझ हुन लागेको हो । उक्त कार्यक्रममा नेपालबाट आएकी चर्चित गायिका निरा थापामगरको प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित हुन गायिका निराले पनि गीत संगीत, कला र संस्कृति […]

दुर्गमदेखि संसद्को यात्रामा ३० वर्षीया गीता गुरुङ

काठमाडौं । २१ फागुन २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनले ३५ मुनिका धेरै युवाहरूलाई संसद्‌ प्रवेश गराएको छ । त्यसमध्ये मुलुकको सबैभन्दा लामो राजनीतिक विरासत बोकेको दल नेपाली कांग्रेसबाट संसद्‌मा प्रतिनिधित्व गर्ने युवा सांसद हुन्- गीता गुरुङ । ३० वर्षीया गुरुङ कांग्रेसबाट निर्वाचितमध्ये कान्छी सांसद हुन्। सानै उमेरदेखि सक्रिय राजनीतिमा होमिएकी उनले विद्यार्थी राजनीतिसँगै पार्टीका विभिन्न […]

इरानी सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको तेहरानद्वारा पुष्टि

तेहरान । इजरायलले बुधबार आफ्नो क्षेत्रीय शत्रु इरानको राष्ट्रिय सुरक्षा प्रमुख अलि लारिजानीको मृत्यु भएको पुष्टि गरेको छ । इजरायलले इरानका सुरक्षा प्रमुखको मृत्यु भएको मङ्गलबार घोषणा गरेपनि यसबारे इरानको भनाइ सार्वजनिक भएको थिएन । इजरायलले आफ्नो हवाइ आक्रमणबाट सुरक्षा प्रमुख लारिजानीको मृत्यु भएको र नयाँ सर्वोच्च नेता मोजतबा खामेनीलाई खोज्ने र निष्प्रभावीकरण गर्ने प्रतिबद्धता […]

एनआरएनएको उपाध्यक्षमा बेलायतवासी विश्वासदीप, रोजिना र रामशरण

लन्डन १८ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिको उपाध्यक्षमा बेलायतबाट तीन जना चयन भएका छन् । काठमाडौंमा मार्च १४ देखि १६ सम्म भएको संघको विश्व सम्मेलन तथा १२ औं महाधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिको झन्डै दुई दर्जन उपाध्यक्षमध्ये बेलायतबाट तीन जना परेका छन् । जसमा अभियन्ता विश्वदीप तिगेला, रोजिना प्रधान राई र […]

error: Content is protected !!