एनआरएनएको नयाँ कार्यसमिति घोषणा, सबै पदाधिकारी निर्विरोध निर्वाचित [सूचीसहित]

काठमाडौं १७ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिनप्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा रोशन थापा (जाम्बिया), बुद्धि सुवेदी (अमेरिका), चिन्तामणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल […]

इरान युद्धका विषयलाई लिएर ट्रम्पका उच्च सहयोगीद्वारा राजीनामा

वासिङ्टन । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गर्नुभएको छ । केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताउनुभएको छ […]

नवनिर्वाचित सुदन गुरुङ भन्छन् – सुविधा होइन, जनताको आवाज मुखरित गर्छु

ललितपुर । गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदन गुरुङले आफू राजनीतिमा सुविधा र स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्‍याउन आएको बताएका छन् । ललितपुरमा मंगलबार आयोजित रास्वपाको नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा गुरुङले सरकारी गाडी प्रयोग नगर्ने र सांसदको तलब व्यक्तिगत खर्चमा नलगाई जेन्जी आन्दोलनमा […]

नेपाल पत्रकार महासंघ बेलायतद्वारा पत्रकार धामीको उपचारका लागि साढे ६५ हजार सहयोग

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले पत्रकार सुरेश सिंह धामीको उपचारका लागि साढे ६५ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल पत्रकार महासंघ कन्चनपुर जिल्ला शाखा अध्यक्षसमेत रहेका धामीको उपचार सहयोगका लागि नेपाली रुपैयाँ ६५ हजार ५०० रुपैयाँ रकम मंगलबार नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला आचार्यलाई हस्तान्तरण गरिएको प्रतिनिधि तथा पत्रकार महासंघ बेलायतका सचिव […]

बेलायतमा नेपाली पूर्वमेयर रानाभाटद्वारा कमनवेल्थ-गोर्खा गार्डेन परियोजनालाई ३० हजार पाउन्ड हस्तान्तरण

लन्डन । रोयल बरो अफ ग्रीनविचका पूर्वमेयर काउन्सिलर जीत रानाभाटले आफ्नो कार्यकालका लागि छनोट गरिएका परोपकारी संस्थामध्ये एक कमनवेल्थ एण्ड गोर्खा गार्डेन परियोजनालाई ३० हजार १८२ पाउन्ड हस्तान्तरण गरेका छन् । उलविचस्थित ग्यारिसन चर्चमा आइतबार आयोजित एक समारोहमा उनले आफ्नी पत्नी तथा पूर्व मेयोरेस श्रीमती गौमाया गुरुङ रानाभाटसहित सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । […]

‘ब्रेन इन्जुरी’बाट बाँचेका बेलायतीहरूको कथामा आधारित ‘द एभरेस्ट ड्रीम’ प्रदर्शन हुँदै

काठमाडौँ । मस्तिष्कमा गम्भीर चोट भएका संयुक्त अधिराज्य बेलायतस्थित स्कटल्यान्डका सातजनाले सगरमाथा आधार शिविरसम्म गरेको पदयात्रामा आधारित वृत्तचित्र ‘द एभरेष्ट ड्रीम’ प्रदर्शन हुने भएको छ । अन्तरराष्ट्रिय फिल्म महोत्सवको अवसर पारेर यही चैत २२ गते सो वृत्तचित्र प्रदर्शन गर्ने तयारी भइरहेको सो वृत्तचित्रका निर्देशक एवं पत्रकार गणेश पाण्डेले जानकारी दिनुभयो । नेपालमा प्रदर्शन भएपछि अन्तरराष्ट्रिय […]

नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका म्याग्दीको प्रथम अधिवेशन सम्पन्न

फोटो – बिल पुर्जा बेलायत – गत सनिवार नेपाल पुनमगर समाज अन्नपूर्ण गाउँपालिका म्याग्दीको प्रथम अधिवेशन अन्नपूर्ण गाउँ पालिका ३ दानामा भब्यरुपले सम्पन्न भएको छ। उक्त अधिवेशनवाट श्री टक बहादुर पहरे पुन मगरको नेतृत्वमा १३ जनाको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ । नामावली यस प्रकार छन्। अध्यक्ष टक बहादुर पहरे पुनमगर उपाध्यक्ष बोमाया गर्बुजा […]

बेलायत सरकार र भूतपूर्व गोर्खाहरूबीचको वार्ता निष्कर्षविहीन

फोटो – धर्म तामाङको फेसबुकवाट सोमबार, १६ मार्च २०२६ – लन्डन। बेलायत सरकार र भूतपूर्व गोर्खाहरूका प्रतिनिधिहरूबीच आज भएको वार्ताको आधिकारिक वार्ता भएको तर कुनै बिषय निर्णयमा पुग्न नसकेको वार्तामा सहभागी मेजर उदय गुरुङ MBE ले जानकारी दिएका छन् । तर दुइ हप्ताभित्र बेलायत सरकारले केहि सकरात्मक समाचार दिनेमा आसावादी भएको उनले सुनाए। तर यता […]

एनआरएनएको विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनबाट १२ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं विश्व सम्मेलन तथा एकताको महाधिवेशनले नेपालको समृद्धि, लगानी प्रवर्द्धन, प्रवासी नेपालीको अधिकार संरक्षण र दोस्रो पुस्तालाई नेपालसँग जोड्ने लक्ष्यसहित १२ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताको भावनासहित नेपालको विकास र विश्वव्यापी नेपाली समुदायको हितलाई केन्द्रमा राख्दै सम्मेलनले विभिन्न नीतिगत सुधार, […]

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम सार्वजनिक [सूचीसहित]

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन् । यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी) बाट १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट नौ, श्रम संस्कृति पार्टी र राप्रपाले […]

error: Content is protected !!