सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल – दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र क्षतिपूर्ति […]

जापानको क्युशुमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, केही भवन तथा पूर्वाधारमा क्षति

टोकियो । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्वाधारमा क्षति पुग्नुका साथै आगलागी र मानिस घाइते भएका घटना सार्वजनिक भएका छन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए)ले सुरुमा कुमामोतो, नागासाकी, फुकुओका र सागा प्रिफेक्चरका पश्चिमी तट तथा आसपासका आरियाके र यात्सुशिरो सागरमा […]

नेपाली कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उहाँको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले […]

विश्व नेपाली ज्ञान सम्मेलनलगायत विषयमा राष्ट्रिय योजना आयोगसँग एनआरएनएको भेटवार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन तथा लगानीमार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको छ। भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले […]

जानु काम्बाङको ‘खाम्योक’ हङकङमा लोकार्पित, समीक्षकबाट उच्च प्रशंसा

लन्डन । साहित्यकार तथा गीतकार जानु काम्बाङ लिम्बुको पाँचौं कृति खाम्योक हङकङमा सार्वजनिक गरिएको छ । हङकङ साहित्यिक साझा श्रृङ्खलाको १५८औं संस्करणसँगै जोर्डनस्थित एभरेस्ट रेस्टुरेन्टमा २६ जुलाई २०२६ मा प्रमुख अतिथि ताङ्ग्साङ्गथाबा काम्बाङ सयंग हङकङका अध्यक्ष राजकुमार काम्बाङ, कृतिका लेखक जानु काम्बाङ लिम्बु, विशेष अतिथिहरु यौची मोङ्ग डिस्ट्रिककी काउन्सिलर अरुणा गुरुङ, किरात याक्थुङ चुम्लुङ हङकङका […]

तनहुँ समाज यूकेको १८औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम अगस्ट ८ मा, चर्चित कलाकारको प्रस्तुति रहने

लन्डन। बेलायतमा क्रियाशील सामाजिक संस्था तनहुँ समाज यूकेले आफ्नो १८औँ वार्षिक भेटघाट तथा बीबीक्यू आगामी ८ अगस्ट २०२६ (शनिबार) आयोजना गर्ने भएको छ । कार्यक्रम अल्डरशटस्थित अल्डरवुड लिजर सेन्टरमा दिउँसो १२ देखि राति १० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महत, कौरा गीतका लोकप्रिय कलाकार दुर्गा गुरुङ (कौरा किङ) तथा लोकदोहोरी गायिकाहरु शर्मिला गुरुङ […]

बेलायतमा निधन भएका डा.खेन्पो जिग्मे ग्याल्जेन शेर्पाको पार्थिव शरीर आज साँझ नेपाल पठाइने

पूर्ण गुरुङ अल्डरशट, यूके । बेलायतको निजी भ्रमणका क्रममा असामयिक निधन भएका विशिष्ट बौद्ध विद्वान् स्वर्गीय डाक्टर खेन्पो जिग्मे ग्याल्जेन शेर्पाको पार्थिव शरीर आज मंगलबार (२८ जुलाई २०२६) मा नेपाल पठाइँदै छ । बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके, थाउजेन्डस् बुद्ध यूके, शेर्पा एसोसिएसन यूके, कोर्बि समाज यूके, इलाम समाज यूकेलगायत बेलायतस्थित विभिन्न संघ–संस्थाहरूको विशेष पहल […]

एनआरएनए चौथो ‘विश्व ज्ञान सम्मेलन’को तयारीबारे नेपालका परराष्ट्रमन्त्रीसँग छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारको सहकार्यमा आयोजना गर्न लागिएको “चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को तयारीका सम्बन्धमा सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेको छ। संघका उपाध्यक्ष एवं सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभागका प्रमुख डा. ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा प्रतिनिधिमण्डलले सम्मेलनको उद्देश्य, सम्मेलनमार्फत नेपालमा रहेका ज्ञान, सीप, प्रविधि तथा विश्वभर […]

चलचित्र निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) लाई प्रदान गरिने भएको छ। दाहाल यज्ञनिधि सुधा सदनको यही श्रावण ९ गते बसेको कार्यसमिति बैठकले नेपाली भाषा-साहित्य, शिक्षा, कला एवम् समावेशी संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत संयुक्त रुपमा पुरस्कार अर्पण […]

पसगाउँ सिंद्धी परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न [तस्बिरहरुसहित]

लन्डन । पसगाउँ सिंद्धी परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । २६ जुलाई २०२६ का दिन पसगाउँ सिंद्धीको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष देवीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव पूर्णचन्द्र गुरुङले गरेका थिए । विवाह भएर पराई भएको माइतीसँग भेटघाट गर्ने, वर्षभरिको दु:ख, सुख साटासाट गर्ने, आगन्तुकलाई स्वागत […]

‘फस्ट तामाङ फेस्टिभल लन्डन’का लागि बेलायत आइपुगे चर्चित गायक राजु लामा

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चर्चित गायक राजु लामा बेलायत आइपुगेका छन् । मंगोलियन हर्टका प्रमुख गायक लामा सोमबार लन्डनस्थित हिथ्रो एयरपोर्ट आइपुगेका हुन् । उनलाई तामाङ समाज यूकेका पदाधिकारी, सदस्य तथा आफन्तजनले एयरपोर्टमा स्वागत गरेका समाजका महासचिव रोज दोङ लामाले जानकारी दिएका छन् […]

नेपालमा नागढुंगा–सिस्नेखोला सुरुङ उद्घाटन, के छन् फाइदा ?

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार एक विशेष समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् । कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ […]

error: Content is protected !!