नेपालमा नागढुंगा–सिस्नेखोला सुरुङ उद्घाटन, के छन् फाइदा ?

SHARE:

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार एक विशेष समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् । कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ । सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २६० र बाहिरिँदा २०० रुपैयाँ बराबरको शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ ।

सुरुङमार्ग निर्माणमा जापान सरकारको २१ अर्ब रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको छ अर्ब रुपैयाँबराबरको लगानी रहेको छ । यो सुरुङले काठमाडौं–नौबिसे सडकखण्डको यात्रा थप सहज, सुरक्षित र छिटो बनाउने अपेक्षा गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!