महानगर हाम्रो एजेण्डा हो ः दाहाल

रेणु दाहाल पहिलो संविधानसभामा समानुपातिक सांसद् थिइन् । माओवादी जनयुद्धमा भूमिगत राजनीतिमा होमिएकी रेणु अखिल भारत नेपाली समाजको अध्यक्ष, माओवादी रोल्पाको सेक्रेटरी, सहईञ्चार्ज बनेर नेतृत्व पूरा गरिसकेकी छन् । पार्टीको काठमाडौं सचिवसमेत बनेर सफल नेतृत्व पूरा गरिसकेकी उनी शान्ति प्रक्रियापछि काठमाडौं केन्द्रित पार्टीको जिम्मेवारी सम्हाल्दै आएकी छन् । हाल उनी माओवादी केन्द्रको पोलिटव्युरो सदस्य छिन् […]
प्राप्त उपलब्धी संस्थागत गर्न माओवादी केन्द्रको जित आवश्यक : बादल

चितवन, वैशाख २६ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्व रक्षा मन्त्री राम बहादुर थापा बादलले जनताको पक्षमा काम गर्ने उम्मेद्वारलाई मतदान गर्न मतदातालाई सुझाव दिनुभएको छ । चितवनको रत्ननगर नगरपालिकाका उम्मेद्वारको पक्षमा भोट माग्दै नेता थापाले आज माओवादी केन्द्रले जनताको पक्षमा काम गरेकाले उसकै उम्मेद्वारलाई भोट हाल्न आग्रह गर्नुभएको हो । गणतन्त्र ,धर्मनिरपेक्षता,संघीयता […]
कुलमान घिसिङ रुदै भने -‘अनियमितता गरेको भन्ने कुनै प्रमाण भेटिए म झुन्डिन तयार छु’

२६ बैशाख । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले लिड बल्बमा आफू वा आफ्नो टिमले अनियमितता गरेको भन्ने कुनै प्रमाण भेटिए म झुन्डिन तयार भएको बताएका छन्। प्राधिकरणमा बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले भने, ‘लिड बल्ब खरिदमा म र मेरो टिमको नियतमाथि शंका गरिएकोमा मलाई चित्त दुखेको छ। यसमा हामीले पैसा खाएको प्रमाणित भए […]
चितवनमा निर्वाचन विरोधी गतिविधिमा संलग्न २१ जना पक्राउ
चितवन, २६ वैशाख । निर्वाचन विरोधी गतिविधिमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न मितिमा नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सो पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये […]
सूचना विभागको प्रेसपासकै आधारमा समाचार सङ्कलन गर्न पाइने

२६ वैशाख । निर्वाचन आयोगले आमसञ्चाम माध्यममा कार्यरत पत्रकारलाई सूचना विभागबाट उपलब्ध गराइएको प्रेसपासका आधारमा स्थानीय तह निर्वाचनको मतदान तथा मतगणनाको समाचार सङ्कलन गर्न पाउने व्यवस्था गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनका लागि बेग्लैखालको विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीको सूचना विभागबाट उपलब्ध परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्ने व्यवस्था गरिएको आयोगाका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी […]
ए हो र ! चुनाव वैशाख ३१ मै पो !

नारायण ढुङ्गाना २६ वैशाख, वाल्मीकि आश्रम, चितवन । एउटा झुप्रो घरको पिँढीमा एक दम्पती सोमबार दिउँसोको गर्मी छल्न सुतिरहेका थिए । आ–आफ्नै मोबाइलमा मस्त थिए उनीहरु । दाइ चुनाव लागेको छैन ? पदमबहादुर राना मगर जुरुक्क उठे, ‘खै चुनाव छ भन्थे क्यारे अरुले त, हामीलाई त था छैन, चुनाव आ’छ कि छैन भनेर । कोही […]
चितवनले सुन्दैछ अग्रजका गजल

भरतपुर, १७ असार । चितवनको साहित्यिक भूमिमा एक फरक लय फेरि गुन्जिने तयारीमा छ । त्यो लय दुई दशकअघि गजलका शब्दहरूमा झन्झनाइरहेको थियो । समयको दौडमा मौन बनेका तर मेटिन नसक्ने ती स्वरहरूलाई फेरि एकपटक मञ्चमा ल्याउने उद्देश्यसहित गजल मञ्च चितवनको आयोजनामा असार २१ गते शनिबार भरतपुरस्थित चितवन माध्यमिक विद्यालयको सभाहलमा `अग्रजका गजल’ कार्यक्रम आयोजना […]
भरतपुर- २ मा कपाल काट्ने तालिम सम्पन्न

चितवन, १७ असार । भरतपुर महानगरपालिका वडा नम्बर २ मा कपाल काट्ने तालिम सम्पन्न भएको छ । वडामा आयोजित एक कार्यक्रमका बीच तालिमको समापन गरिएको छ । । वडाले युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्य सहित २२ दिनसम्म कपाल काट्ने आधारभुत तालिम दिएको हो । तारा व्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको सहकार्यमा पहिलो चरणमा ८ जना युवाहरुलाई […]
चितवनमा १६ जनालाई खो खो खेल क्षमता अभिवृद्धि तालिम

चितवन, १७ असार । चितवनमा खो खो खेल क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । असार १३ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो । जिल्ला खेलकुद विकास समिति चितवनले प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको सहयोगमा आयोजना गरेको तालिमको एक कार्यक्रमबीच समापन गरिएको हो । समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति […]
मोर्चासँग भएकोे समझदारी राजनीतिमा कोशेढुङ्गा साबित

बिराटनगरमा राप्रपा मोरङद्वारा आयोजित आज एक पत्रकार सम्मेलनमा उप–प्रधानमन्त्री कमल थापाले मधेशी मोर्चासँग भएकोे समझदारीले अबको राजनीतिक समस्या समाधानका लागि कोशेढुङ्गा साबित हुने बताएका छन् । उनले मधेश केन्द्रित दल संविधान राष्ट्रिय राजनीतिको मूलधारमा प्रवेश गरेपछि मुलुकमा अब प्रजातन्त्र स्थायित्व हुनाका साथै शान्ति र विकासका कार्य अघि बढ्ने धारणा व्यक्त गरेका छन् । एमालेलाई विश्वासमा […]
प्रदेशको नामाङकनमा फोनिजको चासो

काठमाडौं । १० वुँदे घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को छैटौं संघीय महाधिवेशन सम्पन्न भएको छ । नयाँ संविधान पूर्ण कार्यान्वयनसँगै भाषा/भाषी, सांस्कृतिक र क्षेत्रका आधारमा पहिचानसहित प्रदेशको नामाकरण गर्न घोषणापत्रमा माग गरिएको छ । चैत २३ र २४ गते काठमाडौमा सम्पन्न महाधिवेशनले जारी गरेको घोषणापत्रमा संघीयता, समावेशीताको सिद्धान्तलाई पूर्ण रुपमा कार्यान्वयनका […]
फोनिज पर्सामा पुनः दिलीप प्रधान

वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साको दोस्रो जिल्ला अधिबेशन मंगलबार सम्पन्न भएको छ । बीरगञ्जमा सम्पन्न अधिबेशनले पुनः अध्यक्षमा दिलीप प्रधानलाई नै सर्वसम्मत चयन गरेको छ । यस्तै फोनीज पर्साको उपाध्यक्षमा अजित भुजेल, सचिवमा शेखर चौधरी, सहसचिवमा राम मण्डल र कोषाध्यक्षमा मुनेस लायो मगर चयन भएका छन् । यसैगरी सदस्यहरुमा प्रकाश थारु, […]