कुलमान घिसिङ रुदै भने -‘अनियमितता गरेको भन्ने कुनै प्रमाण भेटिए म झुन्डिन तयार छु’

SHARE:

२६ बैशाख ।
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले लिड बल्बमा आफू वा आफ्नो टिमले अनियमितता गरेको भन्ने कुनै प्रमाण भेटिए म झुन्डिन तयार भएको बताएका छन्। प्राधिकरणमा बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले भने, ‘लिड बल्ब खरिदमा म र मेरो टिमको नियतमाथि शंका गरिएकोमा मलाई चित्त दुखेको छ। यसमा हामीले पैसा खाएको प्रमाणित भए देश छाडेर जान्छु।’ सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा मन्त्रालयअन्तर्गतको कम्पनीबाट २ करोड थान एलइडी (लाइट इमिटिङ डिओड) बल्ब किन्न दिने निर्णय गरेको थियो। उक्त निर्णय विवादित छ। सरकारले बिनाटेन्डर यति ठूलो परिमाणको बल्ब किन्न लागेको भन्दै केहीले यसमा अनियमितताको आशंका गरेका छन्। कतिपयले भारतले ३८ भारूमा किनेको बल्ब नेपालले किन ६५ भारूमा किन्ने भन्दै प्रश्न पनि तेर्स्याएका छन्। लामो समयदेखिको लोडसेडिङ समस्या अन्त्य गरी लोकप्रिय भएका घिसिङले भने लिड बल्ब खरिदमा अनियमितताको आशंकालाई निराधार बताएका छन्। पत्रकार सम्मेलनमा भावुक मुद्रामा प्रस्तुत भएका घिसिङ बोल्दाबोल्दै रोएका थिए। ‘मैले लिड बल्बबाट नेपाली जनताको पैसा खानुपर्दैन,’ उनले भने, ‘मैले पैसा खान चाहेको भए, दुई/तीन घन्टा लोडसेडिङ गराइदिए पुग्थ्यो।’ लिड बल्ब खरिदमा अनावश्यक विवाद झिकेर नियोजित रूपले आफ्नो चरित्र हत्या गर्ने खेल भएको उनले बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!