वीरगन्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साको दोस्रो जिल्ला अधिबेशन मंगलबार सम्पन्न भएको छ । बीरगञ्जमा सम्पन्न अधिबेशनले पुनः अध्यक्षमा दिलीप प्रधानलाई नै सर्वसम्मत चयन गरेको छ । यस्तै फोनीज पर्साको उपाध्यक्षमा अजित भुजेल, सचिवमा शेखर चौधरी, सहसचिवमा राम मण्डल र कोषाध्यक्षमा मुनेस लायो मगर चयन भएका छन् । यसैगरी सदस्यहरुमा प्रकाश थारु, नन्दकिशोर पन्जियार, कल्याणबहादुर हाडा, गोपीलाल श्रेष्ठ, संगम श्रेष्ठ, मेघराज राय, सुबास आले मगर, समिना रञ्जितकारलाइ चयन गरिएको छ ।

अधिवेशनले चैत २३ र २४ गते काठमाडौंमा हुने फोनिजको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा संघीय प्रतिनिधिमा पत्रकार निरज पिठाकोटे मगर, ओमप्रकाश चौधरी, प्रेम लामा र उदय दास थारुलाई चयन गरेको छ । यसैगरि अधिवेशनबाट प्रादेशिक प्रतिनिधिमा पत्रकार जगत राई, दिपेश श्रेष्ठ र रशमीराज भण्डारीलाई चयन गरिएको छ । निवर्तमान जिल्ला अध्यक्ष दिलिप प्रधानको अध्यक्षतामा सम्पन्न भएको अधिबेशनको प्रमुख अतिथि आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे मगर रहेका थिए ।
प्रकाशित : २०७४ चैत २१






