प्रमुख समाचार

सभामुखका उम्मेदवार अग्नि सापकोटालाई गिरफ्तारीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका

एमसिसी प्रस्ताव राष्ट्रिय हितअनुसार अघि बढ्नेछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) प्रस्ताव परिमार्जन गर्न सकिने बताएका छन् । नवलपुरको दलदलेमा शुक्रबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले एमसिसी

प्रदेश सांसद मनाङेविरुद्ध उजुरी दिन मिलन पनि पक्राउ

  पोखरा । कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङ पक्राउ परेका छन् । केही ठगी र बैंकिङ कसुर मुद्दामा उनलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । ‘मिलन गुरुङविरुद्ध बैंकिङ कसुर र ३ वटा

मुक्का हानेको आरोपमा प्रदेश सांसद मनाङे पक्राउ

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् । कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङले बुधबार मनाङेविरुद्ध अभद्र व्यवहार गरेकाले कारबाही गरिपाऊँ भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । जाहेरीपछि जिल्ला

भ्रष्टाचार गर्ने सूचीमा नेपालको सुधार

काठमाडौं । नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो । नेपाल विश्वका १८०

रेशम चौधरीको रिहाइ माग्दै थरुहट थारुवान मुक्ति मोर्चाद्वारा आन्दोलन घोषणा

काठमाडौँ । कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीको मुद्दा फिर्ता माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने

‘चालकले रक्सीको नशामा’ मिनी ट्रक चलाउँदा धादिङमा दुर्घटना, ७ जनाको मृत्यु, ३२ घाइते

काठमाडौं । मध्य धादिङको ढोलामण्डली पुलाको प्रसाद खाएर घर फर्कंदै गरेका यात्रु बोकेको ट्रक मंगलबार नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा सडकमा पल्टिएर भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

सभामुखमा अग्‍नि सापकोटाको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा मंगलबार मध्याह्न उनले उम्मेदवारी दर्ता गराएका हुन् । सापकोटाको उम्मेदवारीको

रिसोर्टमा बसेका ८ भारतीय पर्यटकको मृत्यु, निसास्सिएरको हुनसक्ने प्रहरीको अनुमान

हेटौंडा । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ । रिसोर्टका कोठामा सोमबार राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ

कांग्रेसले सभामुखमा पदमा उम्मेदवारी दिएन

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिएन । पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो ।

एनआरएनएको ७१ औं बैठकको निर्णय

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ७१ औं बैठक’१४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत

नेकपाको ११ बुँदे सर्कुलर, पार्टी नेता, कार्यकर्ताले नमाने कारबाही

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कार्यकर्ताका लागि ११ बुँदे कडा निर्देशन जारी गरेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेर पठाइएको ११ बुँदे सर्कुलरमा नेता-कार्यकर्ताका लागि

error: Content is protected !!