पब्लिक हेल्थ इंग्ल्याण्ड नेपाली भाषामा सूचना उपलब्ध गराउन सकारात्मक

SHARE:

एटा संवाददाता ।
लण्डन । पब्लिक हेल्थ इंग्ल्याण्ड नेपाली भाषामा सूचना उपलब्ध गराउन सकारात्मक रहेको एनआरएनए यूकेले एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । यसअघि एनआरएनए युकेका उपाध्यक्ष एवं अभियानका संयोजक नारायण कँडेलले गत अप्रिल २० तारिखमा पठाएको पत्रको जवाफस्वरुप मे २२ मा लेखिएको पत्र बुधबार आइपुगेको एनआरएन युकेले जनाएको छ । नेपाली भाषामा सूचना उपलब्ध गराउनका लागि गरिएको एनआरएनए यूकेको आग्रहबारे आवश्यक निर्णय लिन बेलायत सरकारको केन्द्रीय सञ्चार समुह (सेन्ट्रल कम्युनिकेसन टीम) मा पठाइएको जानकारी पब्लिक हेल्थ इंग्ल्याण्डले गराएको छ । यससम्बन्धी कुनै पनि निर्णयका विषयमा उक्त समुहबाट एनआरएनए यूकेलाई सिधै खबर गरिने बताइएको एनआरएनए युकेले जनाएको छ । उक्त पत्रमा बेलायतको लागि गोर्खाहरुले गरेको योगदानको उच्च प्रशंसा गर्दै उनीहरुको स्वास्थ्य सुरक्षालाई महत्वका साथ लिइने उल्लेख गरिएको समेत जनाईएको छ । बेलायतमा भूतपूर्व गोर्खासहित धेरै नेपालीलाई अंग्रेजी भाषा नबुझेका कारण समस्या भएपछि एनआरएनए यूकेले आवश्यक सूचना नेपालीमै उपलब्ध गराउने पहल थालेको छ । जुन अभियानको संयोजन उपाध्यक्ष नारायण कँडेलले गरिरहेको एनआरएनए युकेले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!