प्रमुख समाचार

फोनिज स्थापना दिवसमा सञ्चारमन्त्रीले भने, ‘प्रेस स्वतन्त्रतानुकूल ऐनकानून बनाउँछौ’

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको संविधानअनुरुप प्रेससँग सम्बन्धित ऐनकानून प्रेस स्वतन्त्रतानुकूल बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को १९औँ स्थापना दिवस कार्यक्रममा आइतबार उनले प्रेस स्वतन्त्रतालाई

दिगो विकासको लक्ष्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण: सभामुख

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले दिगो विकासको लक्ष्य पूरा गर्न युवाको महत्वपूर्ण भूमिका हुने बताएका छन् । ‘एसियन युथ एसेम्ब्ली २०१८’ को शनिबार उद्घाटन गर्दै उनले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाले नेतृत्वदायी भूमिका

बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटे डा.गोविन्द केसीले, ठोस जवाफ नपाएको प्रतिक्रिया

काठमाडौं । चिकित्सक गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । डाक्टर केसीले शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री केपी ओलीलाई भेटी सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् । भेटमा डाक्टर

साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको निधन

काठमाडौँ । साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । उपचारका क्रममा ६५ वर्षीय यज्ञनिधिको लतिलपुरको सुमेरु अस्पतालमा निधन भएको हो । मस्तिष्कघात भएपछि यज्ञनिधि उपचारार्थ अस्पताल भर्ना भएका थिए । उनको

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताएका छन् । यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक

लुटेराको गोलीबाट एक घाइते

महेन्द्रनगर, धनुषा । मिथिला नगरपालिका–८ जमुनिबासमा बिहीबार राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते भएका

गणेश लामालाई सम्पति जफतसहित एक कैदको फैसला

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत् गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान

नेपालमा विभिन्न कार्यक्रमसहित मनाइयो २४ औं विश्व आदिवासी दिवस

काठमाडौं । २४ औं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ । नेपालका आदिवासीहरुले यसवर्ष आन्दोलनकै रुपमा विश्व आदिवासी दिवस मनाएका हुन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा बिहीबार काठमाडौं बृहत् कार्यक्रम आयोजना

मौलिक हकअन्तर्गत विभिन्न विधेयक संसद्‌मा पेस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले मौलिक हकअन्तर्गत विभिन्न विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बुधबारको बैठकले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक र अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न

उपराष्ट्रपतिले ध्यानाकर्षण गराएपछि गृह मन्त्रालयले गर्यो रुकुमकी सुत्केरीको उद्धार

काठमाडौं । तीन दिनदेखि बेथा लागेर बच्चा जन्माउन नसकेकी पूर्वी रुकुमकी एक सुत्केरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका वडा नं. ६ मयाङकी २० वर्षीया मानिका नेपालीलाई गम्भीर अवस्थामा बुधबार साँझ उद्धार गरेर नेपालगञ्ज

पत्रकार सम्मेलनमै रोए गोविन्द केसी

काठमाडौं । लामो अनशनपछि त्रिवि शिक्षण अस्पतालमा उपचारारत डा. गोविन्द केसी बिरामीको उपचार गर्न नपाएको भन्दै रोएका छन् । मंगलबार आफैले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. केसी लामो समयसम्म बिरामीको उपचार गर्नबाट बञ्चित भएको भएको

न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको कांग्रेसको आरोप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको

error: Content is protected !!