विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेज गरेकोमा एनआरएनएको आपत्ति

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका ३६ जना नेपाली चिकित्सहरुको लाइसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता सोमनाथ सापकोटाले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गरेर विदेशमा गैरआवासीय नेपाली (एनआरएन) हैसियतमा रहेका नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागत भविष्य मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण […]
बेलायतमा घट्यो सुनको मूल्य, तोलाको कति ?

लन्डन । बेलायतमा सुनको मूल्य ओरालो लाग्न थालेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार आइतबार र सोमबारका तुलनामा मंगलबार तोलाको १० पाउन्ड घटेको हो । मंगलबार प्रतितोला १३ सय ९० पाउन्डमा कारोबार भइरहेको छ । अघिल्लो दिनमा १४०० पाउन्ड तोलामा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको ३० पाउन्डमा झरेको एसोसिएसनले जनाएको छ ।
नेपालका राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । उनले मंगलबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् ।
नेपाल पत्रकार महासंघ युकेद्वारा पत्रकारितामा एआई प्रयोगसम्बन्धी प्रशिक्षण

लन्डन । ३३औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ युके शाखाको आयोजनामा ‘पत्रकारितामा एआईः अवसर र चुनौती’ विषयक एक दिने विशेष भर्चुअल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रविधिको द्रुत विकाससँगै पत्रकारितामा भित्रिएको कृत्रिम बौद्धिकता (एआई) लाई कसरी रचनात्मक र मर्यादित बनाउने भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो । नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक लिलाराज […]
बेलायत निवासी कवि शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन हुँदै

लन्डन । बेलायत निवासी कवि शान्ति लिम्बुको नयाँ कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन हुँदैछ । ओयाम सरोकार समाज काठमाडौंको आयोजनामा ललितपुरको तिखेदेवल-१४ मा रहेको दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्यूमा वैशाख २६ गते विमोचन गरिने भएको हो । शान्तिको यो पाँचौं कृति हो । कवि लिम्बुको पहिलो कृति ‘चेरिशा’, दोस्रो ‘मिलीजुली’ आख्यान र […]
नेपाल घिसिङ समाज भोजपुरको प्रथम जिल्ला भेला : दुर्गाबहादुरको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

भोजपुर । नेपाल घिसिङ समाज भोजपुरको प्रथम जिल्ला भेला भव्यतापूर्ण सम्पन्न भएको छ । वैशाख २० गते जिल्ला संयोजक दुर्गाबहादुर घिसिङको अध्यक्षता तथा नेपाल घिसिङ समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार बाबु घिसिङको प्रमुख आथित्यतामा भएको भेलामा नेपाल तामाङ घेदुङ भोजपुरको केन्द्रीय सदस्य गोपाल मोक्तान, घेदुङको पूर्वकेन्द्रीय सदस्य भरत योन्जन, सुर्य गोले, जिल्ला अध्यक्ष चन्द्रबहादुर […]