लन्डन । बेलायतमा सुनको मूल्य ओरालो लाग्न थालेको छ ।
नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार आइतबार र सोमबारका तुलनामा मंगलबार तोलाको १० पाउन्ड घटेको हो । मंगलबार प्रतितोला १३ सय ९० पाउन्डमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनमा १४०० पाउन्ड तोलामा कारोबार भएको थियो ।
यस्तै चाँदी तोलाको ३० पाउन्डमा झरेको एसोसिएसनले जनाएको छ ।






