बेलायत निवासी कवि शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन हुँदै

SHARE:

लन्डन । बेलायत निवासी कवि शान्ति लिम्बुको नयाँ कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन हुँदैछ ।

ओयाम सरोकार समाज काठमाडौंको आयोजनामा ललितपुरको तिखेदेवल-१४ मा रहेको दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्यूमा वैशाख २६ गते विमोचन गरिने भएको हो । शान्तिको यो पाँचौं कृति हो ।

कवि लिम्बुको पहिलो कृति ‘चेरिशा’, दोस्रो ‘मिलीजुली’ आख्यान र तेस्रो ‘शान फुड’ र चौंथो “कस्तुरी यात्रा” कृति प्रकाशित भइसकेका छन् ।

‘मेरो नयाँ कृति “थेम्सको लहरमा तमोरको स्पर्श” कविता सङ्ग्रहको विमोचन यहीँ आउँदो शनिबार, वैशाख २६ गते ललितपुरमा हुन गइरहेको छ। ओयाम सरोकार काठमाडौंको संयोजकत्वमा वरिष्ठ लेखक एवं समालोचक खगेन्द्र सङ्ग्रौलाज्यूको प्रमुख आतिथ्यतामा विमोचन कार्यक्रम हुन गइरहेको जानकारी गराउँदै मेरा सम्पूर्ण स्रस्टा मित्रजनहरु, आफन्तजन, शुभचिन्तक एवं नेपाली साहित्य प्रेमीजनहरुलाई यसै फेसबूकमार्फत हार्दिक निमन्त्रणा गर्दछु,’ शान्तिले लेखेकी छन् ।

‘आजको काल खण्डसम्म आइपुग्दा नेपालीहरु केवल नेपालमा मात्र सीमित रहेनन्, लाखौं नेपालीहरु विश्वका विभिन्न देशहरुमा छरिएर रहेका छन् । ती तमाम परदेशी नेपालीहरुका आआफ्नै कथाहरु छन्, भोगाइहरु छन्, समर्पण र सफलताका गाथाहरु पक्कै छन् । बाध्यताले होस् या चाहनाले जे जसरी होस विदेशको यात्रामा रहेका हरेक नेपालीको जरा चाहिँ स्वदेश नेपाल नै हो । जहाँको माटोको, खोला नदी नालाको स्पर्श भने सधैं परदेशमा रहेकाहरुको मनमुटुमा रहेको हुन्छ । नारीहरुको आफ्नै व्यथा छँदैछ, संघर्षहरु पनि जीवनमा छदैछ । नोस्टाजिया, गोर्खा लाहुरे इतिहास, डायोस्पोरिक जीवन पनि छँदैछ। सबै सबै भए पनि आफ्नै स्वदेश फर्कने विदेसिएकाहरुको माझ झिनो आशा चै सधैं रहेको हुन्छ। जसरी थेम्सको लहरमा तमोरको स्पर्श मैले महशुस गर्छु,’ शान्तिको फेसबुकमा लेखिएको छ ।

शान्तिको ‘थेम्स नदीको किनारै किनार’ कविता ३३ औं राष्ट्रिय कविता महोत्सवमा दोस्रो भएको थियो । कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले आयोजना गरेको ३३ औं राष्ट्रिय कविता महोत्सवमा शान्तिको कविता दोस्रो हुँदै १८ हजार रुपैयाँ पुरस्कार जित्न सफल भएको थियो ।

पाँचथर समाज सेवा युकेकी निवर्तमान अध्यक्षसमेत रहेकी शान्ति विभिन्न सामाजिक काममा पनि सक्रिय हुँदै आएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!