नेपाल घिसिङ समाज भोजपुरको प्रथम जिल्ला भेला : दुर्गाबहादुरको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

SHARE:

भोजपुर । नेपाल घिसिङ समाज भोजपुरको प्रथम जिल्ला भेला भव्यतापूर्ण सम्पन्न भएको छ ।

वैशाख २० गते जिल्ला संयोजक दुर्गाबहादुर घिसिङको अध्यक्षता तथा नेपाल घिसिङ समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार बाबु घिसिङको प्रमुख आथित्यतामा भएको भेलामा नेपाल तामाङ घेदुङ भोजपुरको केन्द्रीय सदस्य गोपाल मोक्तान, घेदुङको पूर्वकेन्द्रीय सदस्य भरत योन्जन, सुर्य गोले, जिल्ला अध्यक्ष चन्द्रबहादुर मोक्तान, नगर घेदुङको अध्यक्ष सुनाकला योन्जन, नेगी समाजका प्रतिनिधि सिंहबहादुर नेगी लगायतका विशिष्ट अतिथि स्थानीय सरकारका तीन जना वडा अध्यक्ष समेतले शुभकामना मन्तव्य दिएका थिए ।

ताम्बा लाप्ताबाद्वारा साङसेर्केम गरेर सुरुभएको भेलाको प्रमुख अतिथिले व्यानर बाचन गरी उद्घाटन गरेका थिए । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बाबु घिसिङले अहिले हाम्रो तामाङ समाजमा सबै ह्रुयीवा/थरहरुमा कुल परम्परा गर्ने विधि छोडेर गएको अवस्था, आ आफ्नो दोङ्ह्राप/बङ्शवली लेख्ने कार्य छोडनु र आफ्नो समाजमा एकताबद्ध संगठित भएर बस्नु नसक्नु जस्ता कुरा चुनौतीपूर्ण छ ।

यस्तै गरी घिसिङ थरीका दाजुभाइले पनि यही समस्या भोग्नुपरेको र कुल परम्परा, वंशवली लेख्नु पर्छ र भावीपुस्ताले घिसिङ भनेको तामाङ जाति भित्रको एउटा थर रहेछ भन्ने ज्ञान हासिल गर्ने बताए ।

भेलाले सर्वसम्मत दुर्गाबहादुर घिसिङको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति साथै पाँच जना सल्लाहकार समितिको गठन गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!