बेलायतमा ५ जुलाईमा गायिका सोनी कुँवर क्षत्रीको अन्तिम सांगीतिक कार्यक्रम

लन्डन । चार महिनाभन्दा बढी समयदेखि बेलायत रहेकी गायिका सोनी कुँवर क्षत्रीको यही ५ जुलाईमा अन्तिम सांगीतिक कार्यक्रम हुँदैछ । आइतबार बेलुका ७ बजे ठमेल दोहोरी तथा ढिडो घर अल्डरसटमा अन्तिम सांगीतिक भेटघाट तथा बिदाइ कार्यक्रम हुन लागेको हो । गायिका सोनीले आफ्नो बिदाइ कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपालीलाई अनुरोध गरेकी छन् । ‘युकेको ४ […]
सम्झनामा पारिजात [कविता]

जब सडक पेटीका ज्याकारन्ड फूलहरू निलाम्य फूलेर वसन्त आएको सन्देश दिन्छन् तब अँध्यारो रातको शान्त छायाँमा अझै पारिजात ब्युँझिरहेझैं लाग्छ पूरा वातावरण फूलको सुगन्धले सुगन्धित भएर, कतैबाट पुरानो समयले चिहाइरहेझैं लाग्छ ती सम्झनाको गहिरो छापले हावा पनि भारी भएझैं लाग्छ बगैंचाका सबै रङहरू किन किन फिका भएझैं लाग्छ । म हेरिरहन्छु त्यतैतिर… ती राता-निला फूलहरू […]
मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव दिलीप श्रीस मगर बेलायत आए

लन्डन । मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव दिलीप श्रीस मगर बेलायत आएका छन् । १ जुलाई २०२६ मा लन्डन आइपुगेका सचिव दिलीपलाई मगर संघ यूकेका उपाध्यक्ष गुमान सिंह थापा, ट्रष्टी छविमाया पुन लगायतले हिथ्रो एयरपोर्टमा स्वागत गरे । दिलीप बागलुङे समाज यूकेको वार्षिक कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन् । ‘म लन्डन ओर्लिइसकेको छु […]
फेरि बेलायत आइन् लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी

लन्डन । लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी फेरि बेलायत आएकी छन् । उनी १ जुलाई २०२६ राति लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हुन् । उनलाई बेलायतमा शालीग्राम डीसी, सरु घिमिरेलगायत आफन्तजनले स्वागत गरेका छन् । ‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ की विजेता डल्लाकोटी पछिल्लो समय लाइभ दोहोरीमा चर्चा कमाइरहेकी छन् । उनी केही […]
लन्डन दूतावासमा शुक्रबार ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’ हुने

लन्डन। नेपाली दूतावासमा शुक्रबार ३ जुलाईमा ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’ हुने भएको छ। नेपाल र बेलायतबीच व्यापार, लगानी, प्रविधि तथा आउटसोर्सिङ क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले जानकारी दिएका छन् । नेपाल र बेलायतका व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममार्फत […]
चारधाम यात्रा – उत्तरकाशीदेखि गंगोत्री धामसम्म… डर, भक्ति र प्रकृतिसँगको साक्षात्कार

बुधबार बिहान ठीक ५:३० बजे सबै जम्मा हुने निर्देशन आयो। आजको गन्तव्य गंगोत्री धाम, जहाँबाट भागीरथी नदीको पवित्र यात्रा सुरु हुन्छ। उत्तरकाशीदेखि करिब १०० किलोमिटरको दूरी, तर समय भने ६ घण्टाभन्दा बढी लाग्ने रहेछ। कारण बाटो यस्तो कि दूरीभन्दा धड्कन धेरै नापिन्छ! होटलले बनाइदिएको टेक-अवे ब्रेकफास्ट बोकेर बसमा चढ्यौँ। हाम्रो बसका चालक साँच्चै सलाम गर्न […]
चीन भ्रमण : चीनको ऐतिहासिक गौरव र आधुनिक बेइजिङको एक झलक

— शिवकुमार गुरुङ र मीना गुरुङ भ्रमणको तेस्रो दिन हामी बिहान ९ बजे होटलबाट करिब ४५ मिनेटको यात्रा तय गर्दै ‘बेइजिङ चिडियाखाना’ (Beijing Zoo) पुग्यौँ। बेइजिङको ‘सिचेङ’ (Xicheng) जिल्लास्थित ‘सिझिमेनवाईदाजिए’ क्षेत्रमा अवस्थित यो चिडियाखाना सन् १९०६ मा निर्माण गरिएको चीनकै पुरानो चिडियाखाना हो, जसलाई सन् १९५५ मा आधिकारिक रूपमा ‘बेइजिङ जु’ नाम दिइएको रहेछ। करिब […]