लन्डन दूतावासमा शुक्रबार ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’ हुने

SHARE:

लन्डन। नेपाली दूतावासमा शुक्रबार ३ जुलाईमा ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’ हुने भएको छ।

नेपाल र बेलायतबीच व्यापार, लगानी, प्रविधि तथा आउटसोर्सिङ क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले जानकारी दिएका छन् । नेपाल र बेलायतका व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

कार्यक्रममार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने, लगानी आकर्षित गर्ने तथा प्रविधि र आउटसोर्सिङ क्षेत्रमा सहकार्यका नयाँ सम्भावनाबारे छलफल गरिने अपेक्षा गरिएको छ। दूतावासका अनुसार कार्यक्रम शुक्रबार बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन हुनेछ।

हालैका वर्षहरूमा नेपाली दूतावासले व्यापार, लगानी र प्रविधि केन्द्रित विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!