मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव दिलीप श्रीस मगर बेलायत आए

SHARE:

लन्डन । मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका सचिव दिलीप श्रीस मगर बेलायत आएका छन् ।

१ जुलाई २०२६ मा लन्डन आइपुगेका सचिव दिलीपलाई मगर संघ यूकेका उपाध्यक्ष गुमान सिंह थापा, ट्रष्टी छविमाया पुन लगायतले हिथ्रो एयरपोर्टमा स्वागत गरे । दिलीप बागलुङे समाज यूकेको वार्षिक कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन् ।

‘म लन्डन ओर्लिइसकेको छु । भव्य आतिथ्यताको लागि यहाँहरुप्रति हार्दिक नमन । बाग्लुङ्गे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रममा अतिथि कलाकारको रुपमा आमन्त्रित हुँ । बाग्लुङ्गे समाजको तर्फबाट स्वागतका लागि एयरपोर्ट पुग्नुहुने समाजकी पूर्वअध्यक्ष तथा सरंक्षक श्रदेय माइतको बज्यै छविमाया पुन मगर, उपाध्यक्ष गुमान सिंह थापा मगरज्यू, महासचिव आदरणीय जीत पुन +बिना पुन ‘दिदी/भिनाजु साइँला बाबाको छोरी भान्जा’। कोषाध्यक्ष-लक्ष्मण पुन मगरज्यू। कार्यकारी सदस्य सम्मर घर्ती दाइ । मिडिया कोअर्डिनेटर बिसन थापा मगरज्यू तथा राजेन्द्र सोल्टीज्यूको दिदी/भिनाजु र मेरो भान्जा सागर रोका मगरलाई धन्यवाद,’ सचिव दिलीले फेसबुकमा लेखेका छन्, ‘म मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको सचिवको नाताले मगर संघ बेलायतको तर्फबाट पनि स्वागत गर्नुहुने उपाध्यक्ष गुमानसिंह थापा मगरज्यू प्रति नमन’

बागलुङे समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम २०२६ यही ४ जुलाईमा अल्डरसटस्थित एम्पायर बैंक्वेटिङ एन्ड हलमा गर्दैछ । कार्यक्रममा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, बागलुङे समुदायका मौलिक लोकसंस्कृति झल्किने कार्यक्रम, नौमती बाजा तथा स्थानीय कलाकारहरूको आकर्षक नृत्य प्रस्तुत गरिनेछ । कार्यक्रममा कलाकार राजेन्द्र घर्ती मगरलगायत सहभागी हुनेछन् ।

बेलायतमा बसोबास गर्ने बागलुङे तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरिएको छ ।

कार्यक्रमले बागलुङ जिल्लासँगको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने र नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति तथा पहिचानसँग जोड्ने विश्वास आयोजकको छ । बागलुङ मूल घर भई बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ। प्रवेश शुल्क वयस्कका लागि २५ पाउन्ड र ६ देखि १२ वर्षसम्मका बालबालिकाका लागि १० पाउन्ड निर्धारण गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!