लन्डन । लोकदोहोरी गायिका अस्मिता डल्लाकोटी फेरि बेलायत आएकी छन् । उनी १ जुलाई २०२६ राति लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हुन् ।
उनलाई बेलायतमा शालीग्राम डीसी, सरु घिमिरेलगायत आफन्तजनले स्वागत गरेका छन् ।
‘छैटौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ की विजेता डल्लाकोटी पछिल्लो समय लाइभ दोहोरीमा चर्चा कमाइरहेकी छन् । उनी केही वर्षअघि पनि बेलायत आएकी थिइन् ।
समकालीन लोकदोहरीमा छुट्टै पहिचानसहित सबैले अत्याधिक रूचाईएकी डल्लाकोटी नेपालमा समेत अत्यन्तै ब्यस्त र सबैको माग हुने कलाकारमा पर्छिन् ।






