एनआरएनए चौथो ‘विश्व ज्ञान सम्मेलन’को तयारीबारे नेपालका परराष्ट्रमन्त्रीसँग छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकारको सहकार्यमा आयोजना गर्न लागिएको “चौथो विश्व ज्ञान सम्मेलन–२०२७ को तयारीका सम्बन्धमा सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरी सम्मेलनको अवधारणापत्र प्रस्तुत गरेको छ। संघका उपाध्यक्ष एवं सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभागका प्रमुख डा. ज्ञानेन्द्र रेग्मीको नेतृत्वमा प्रतिनिधिमण्डलले सम्मेलनको उद्देश्य, सम्मेलनमार्फत नेपालमा रहेका ज्ञान, सीप, प्रविधि तथा विश्वभर […]

चलचित्र निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ । वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार दाहाल यज्ञनिधिको स्मृतिमा स्थापित ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारी (मणिपुर, भारत) लाई प्रदान गरिने भएको छ। दाहाल यज्ञनिधि सुधा सदनको यही श्रावण ९ गते बसेको कार्यसमिति बैठकले नेपाली भाषा-साहित्य, शिक्षा, कला एवम् समावेशी संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत संयुक्त रुपमा पुरस्कार अर्पण […]

पसगाउँ सिंद्धी परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न [तस्बिरहरुसहित]

लन्डन । पसगाउँ सिंद्धी परिवार यूकेको वार्षिक भेटघाट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । २६ जुलाई २०२६ का दिन पसगाउँ सिंद्धीको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष देवीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव पूर्णचन्द्र गुरुङले गरेका थिए । विवाह भएर पराई भएको माइतीसँग भेटघाट गर्ने, वर्षभरिको दु:ख, सुख साटासाट गर्ने, आगन्तुकलाई स्वागत […]

‘फस्ट तामाङ फेस्टिभल लन्डन’का लागि बेलायत आइपुगे चर्चित गायक राजु लामा

लन्डन । तामाङ समाज यूकेले आउँदो १ अगस्टमा आयोजना गर्ने ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’का लागि चर्चित गायक राजु लामा बेलायत आइपुगेका छन् । मंगोलियन हर्टका प्रमुख गायक लामा सोमबार लन्डनस्थित हिथ्रो एयरपोर्ट आइपुगेका हुन् । उनलाई तामाङ समाज यूकेका पदाधिकारी, सदस्य तथा आफन्तजनले एयरपोर्टमा स्वागत गरेका समाजका महासचिव रोज दोङ लामाले जानकारी दिएका छन् […]

नेपालमा नागढुंगा–सिस्नेखोला सुरुङ उद्घाटन, के छन् फाइदा ?

काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङ नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार एक विशेष समारोहबीच औपचारिक रूपमा उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्षलगायतका वरिष्ठ अधिकारीको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् । कुल दुई हजार ६८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ […]

समीक्षा : जानु काम्बाङ लिम्बुको ‘खाम्योक’ लोकार्पण, प्रवासी जीवन र पहिचानको सशक्त कथा

हङकङमा गीतकार दिदी जानु काम्बाङ लिम्बुको नविन उपन्यास भव्य समारोहबीच आइतबार २६ जुलाई २०२६ मा लोकार्पण भएकोछ । यस लोकार्पण समारोहमा खाम्योक उपन्यासबारे समीक्षा गर्न मलाई अवसर दिनुहुने मेरो आदरणीय दिदी जानु काङबाङ तथा हङकङ साझा साहित्यिक शृंखला परिवारलाई हार्दिक नमन । उपन्यासकारभन्दा पहिलो जानु दिदीलाई गीतकारको रुपमा चिन्छु म । कविको रूपमा चिन्छु म, […]

सुनसरीमा दुई समूहबीच झडप : प्रहरीको गोलीबाट १ को मृत्यु, २२ जना घाइते, कर्फ्यू आदेश जारी

सुनसरी । सुनसरीमा आइतबार राति दुई समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जिल्लाको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा राति सवा १० बजेतिर दुई समुदायबीच भनाभन, ठेलाठेल हुँदै झडपमा बदलिएको प्रहरीले जनाएको छ । स्थितिलाई साम्य […]

error: Content is protected !!