एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष पुनम गुरुङद्वारा शपथग्रहण, मिलेर अघि बढ्ने प्रतिबद्धता

SHARE:


लन्डन । एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष पुनम गुरुङले शपथ लिएकी छन् । आइतबार आयोजित एक भव्य समारोहमा अध्यक्ष गुरुङले पद तथा गोपनियताको शपथग्रहण गरेकी हुन् । उनलाई एनआरएनए निर्वाचन समिति संयोजक ८मर घलेले शपथ खुवाएका थिए ।

शपथ कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष कुल आचार्य, सहकोषाध्यक्ष सोम सापकोटा, सल्लाहकार डा.हेमराज शर्मा, युरोप महिला सहसंयोजक संगीता मरहठ्ठा< आइसीसी सदस्य रामशरण सिंखडा लगायतको सहभागिता थियो ।

कार्यक्रममा लिखित मन्तव्य राख्दै अध्यक्ष गुरुङले सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् । लोकतान्त्रिक अभ्यासमा सबैको जित हुने उल्लेख गर्दै उनले जित्न नसकेकाहरुलाई एनआरएनएको अभियानमा सँगै लैजाने प्रतिज्ञा गरेकी हुन् । उनले हाम्रो एनआरएनलाई राम्रो एनआरएनए बनाउने नारालाई साकारापार्न निर्वाचनको घोषणापत्रका प्रतिबद्धतालाई पूरा गर्नतिर केन्द्रित हुने भनाइ दोहोर्‍याइन् ।

सम्बोधन क्रमममा अध्यक्ष गुरुङले मतदाता, निर्वाचन समिति, अग्रज, आफ्नो टीम, मिडिया, परिवार सबै सबैलाई धन्यवाद दिइन् ।

शनिबार सार्वजनिक मत परिणाममा पुनम प्रतिद्वन्द्वी शेरबहादुर सुनारलाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी हुन् ।

यो पनि 

एनआरएनए यूकेको अध्यक्षमा पुनम गुरुङ निर्वाचित, २ सय ३ मतान्तरले शेर सुनार पराजित 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!