आचार्यद्वारा एनआरएनए आईसीसी अध्यक्षका लागि उम्मेदवारी घोषणा

SHARE:

एटा संवाददाता
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

गत मंगलबार २४ सेप्टेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा एक कार्यक्रम गरी उनले सो घोषणा गरेका हुन् । सन् १९९९ देखि बेलायतमा स्थायी रुपमा बस्दै आएका आचार्य एनआरएनए यूकेको पूर्वअध्यक्ष, एनआरएनए युरोप संयोजक हुँदै सन् २०१७ मा एनआरएनए आईसीसी उपाध्यक्षको भूमिकामा पुगेका थिए । यही अक्टोबर १५–१७ सम्म काठमाडौं हुने एनआरएनएको विश्व सम्मेलनमा चयन हुने नयाँ कार्यसमितिको अध्यक्षमा उनले उम्मेदवारी दिने घोषणा गरेका हुन् । बेलायतमा होलिकाउ नामक रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका आचार्य गैरआवासीय नेपालीहरुको हकअधिकारबारे निकै जानकार मानिन्छन् । उनले हालसम्म प्राप्त गरेको अनुभवको आधारमा एन आरएनएलाई थप उचाईमा लैजाने उद्देश्यका साथ उनले उम्मेदवारी दिन लागेको बताए ।

एनआरएनए यूकेका संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, पूर्वअध्यक्ष सूर्य गुरुङ, योगेन क्षेत्री, एनआरएनए आईसीसी सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष पुनम गुरुङ, निवर्तमान उपाध्यक्ष शेरबहादुर सुनार, एनआरएन अभियन्ता विश्वआदर्श पण्डित, आईसीसी सल्लाहकार सुरेन्द्र श्रेष्ठ लगायत बेलायतवासी नेपालीहरुको विशेष उपस्थितिमा उनले ९ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै आफ्नो उम्मेदवारी घोषणा गरे ।

पत्रकार सम्मेलनसमेत गरिएको कार्यक्रममा उनले एनआरएन सीप विकास केन्द्रद्रस्थापना गर्ने, नेपालको समृद्ध, नेपालमा लगानी, ब्रिटिस गोर्खालाई समान पेन्सन, भिजन २०२० एण्ड वियोण्ड, सडक सुरक्षा, पत्रकारिता पुरस्कार, दोस्रो पुस्ता लगायतका विषयमाआफूले काम गर्ने बताए ।

घोषणासभामा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, कुल आचार्य पत्नी सीता आचार्य, विश्वआदर्श पण्डित, एनआरएनए आईसीसी सहकोषाध्यक्ष सापकोटा, एनआरएनए निवर्तमान उपाध्यक्ष सुनार, पूर्वअध्यक्ष योगेन क्षेत्री, आईसीसी सल्लाहकार सुरेन्द्र श्रेष्ठ, सहारा यूके संस्थापक अध्यक्ष नविन गुरुङ, एनआरएनए यूके संस्थापक अध्यक्ष महन्त श्रेष्ठ, पूर्वअध्यक्ष सूर्य गुरुङ, निवर्तमान महासचिव राजकुमार त्रिपाठी, आईसीसी सदस्य पदम गुरुङ, नारायण आचार्य, एनआरएनए स्वीडेन अध्यक्ष अर्जुन श्रेष्ठ, एनआरएनए रोड सेफ्टी संयोजक थर्क सेन, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपाङ्गी, यती एशोसिएसन यूके अध्यक्ष ध्रुव केसी, आईसीसी सदस्य विश्वासदीप तिगेला, तमुधिं यूके सल्लाहकार एकेन्द्र गुरुङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

बेलायतवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई एनआरएनए यूकेका निवर्तमान प्रवक्ता रमेश सराङ्गकोटीले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!