कीर्तिमानी आरोही निर्मल पुर्जाको विमानस्थलमा भव्य स्वागत

SHARE:


काठमाडौं । नेपाली पर्वतारोही निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महीनाको अवधिमा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । सर्वोच्च शिखर सगरमाथासहित विश्वका १४ अग्ला हिमाल आरोहण गरी कीर्तिमान बनाएर फर्किएका आरोही निर्मल पुर्जासहितका आरोहीलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो ।

नेपाल पर्वतारोहण सङ्घको नेतृत्वमा पञ्चेबाजा र नेपाल प्रहरीको ब्यान्डबाजासहित स्वागत गरिएको थियो । कीर्तिमानी आरोही पुर्जाको आरोही टिमका मिङ्मा डेभिड शेर्पा, ग्याल्जेन शेर्पा र जेसमान तामाङ आरोहण पूरा गरी आजै अपराह्न विमानस्थल आइपुगेका थिए ।

आरोही पुर्जाले मङ्गलबार बिहान स्थानीय समयअनुसार ८:५८ बजे चीनको सिसापाङ्माको शिखरमा पाइला टेक्दै आठ हजार मिटरभन्दा अग्ला १४ हिमालको आरोहण सात महीनामै पूरा गरी कीर्तिमान बनाएको पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।

म्याग्दी घर भएका आरोही पुर्जा पूर्वब्रिटिस सैनिक हुन् । आरोहीलाई गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । यसअघि सन् १९८७ मा पोल्यान्डका जर्जी कुकुच्जाले सात वर्ष ११ महीना १४ दिनको अवधिमा आठ हजार मिटर अग्ला १४ हिमालको आरोहण सम्पन्न गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!