विश्व समुदायले मानवीयताको साझा हितलाई प्राथमिकता दिनुपर्ने

SHARE:

(बेइजिङ) । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्व समुदायले मानवीयताको साझा हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । चीनको व्यापारिक सहर सांघाईमा सुरु एक्स्पोको उद्घाटन गर्दै उनले भने, ‘हामीले आफ्नो स्वार्थभन्दा पनि पहिले सबैको साझा हितका विषयलाई प्राथमिकता दिनुपर्छ ।’

उद्घाटनका अवसरमा बोल्दै सीले अन्तर्राष्ट्रिय स्तरमा सौहार्दता र सहकार्यको खाँचो भएको औंल्याए । उनले भने, ‘यसका लागि हामीहरूले एक–अर्कालाई बेवास्था गर्नुभन्दा पनि हातेमालो गर्नैपर्छ ।’

विश्वका उत्पादनहरू भित्र्याउने लक्ष्यसहित चीनले गतवर्षदेखि प्रारम्भ गरेको चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको दोस्रो संस्करण मंगलबार सुरु भएको हो । एक्स्पोमा सहभागी हुन विश्वका लब्धप्रतिष्ठित राजनीतिक प्रतिनिधि तथा व्यापार संगठनका प्रतिनिधिहरू सांघाईमा भेला भएका छन् ।

प्रदर्शनीमा जम्मा ६४ वटा मुख्य अतिथि मुलुकमध्ये एक तिहाइले पहिलो पटक भाग लिँदै छन् भने कर्पोरेट र क्षेत्रगत गरी कूल १५० वटा मुलुक सहभागी भएका छन् । चिनियाँ सञ्चारमाध्यमका अनसार ३ दर्जनभन्दा बढी विकसित देशले भाग लिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!