दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आजबाट

SHARE:

काठमाडौं । दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आइतबारबाट औपचारिक रुपले सुरु हुँदैछ ।

साँझ त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा हुने भव्य र रंगिन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं सागको उद्घाटन गर्नेछिन् ।

२०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रंगशाला चार वर्ष लगाएर पुर्ननिर्माण गरिएपछि आज पहिलो पटक औपचारिक समारोह आयोजना गर्न तयार भएको छ ।

झण्डै साँढे तिन घण्टासम्म चल्ने उद्घाटन समारोहमा नेपालको हिमाल, पहाड, तराइलगायत दक्षिण एशियाकै संस्कृती र पहिचान झल्कीने झाँकीहरु प्रस्तुत गरिने बताईएको छ ।

उद्घाटन समारोहमा ७ हजारभन्दा बढी कलाकारहरु सहभागि हुँदैछन् । दक्षिण एसियाली खेलकुदका चार पटकका स्वर्ण पदक विजेता तथा ओलम्पियन दिपक विष्टले ओलम्पिक टर्च बाल्नेछन् ।

यसैगरी सागका स्वर्णपदकधारी भारत्तोलन खेलाडी कमल बहादुर अधिकारीले मार्च पासमा नेपालको झण्डा बोक्नेछन् भने खेलाडीहरुको तर्फबाट तेक्वान्दो खेलाडी आयसा शाक्यले शपथ लिनेछिन् ।

१० दिनसम्म चल्ने १३ औं सागमा ७ देशका झण्डै ३ हजार खेलाडी सहभागि हुँदैछन् । सागमा समावेश गरिएको २६ खेलमा तीन सय १७ स्वर्ण, तीन सय १७ रजत र चार सय ८१ कास्य गरी एक हजार एक सय १५ पदकका लागि भिडन्त हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!