१३औं दक्षिण एसियाली खेलकुदमा नेपाललाई २३ स्वर्ण, तालिकाको शीर्ष स्थानमै

SHARE:

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा नेपाल शीर्ष स्थानमा छ । मंगलबारका खेल सकिँदासम्म नेपालले जितेको स्वर्णपदकको संख्या २३ पुगेको छ ।

मंगलबारका खेलमा नेपालले एथ्लेटिक्समा एक, करातेमा दुई, उसुतर्फ दुई, तेक्वान्दोमा दुई र दुवाथलनतर्फ एक स्वर्ण जितेको हो । मंगलबार एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ, करातेतर्फ महिला कुमुतेको ६८ केजीमुनि सुनिता महर्जन र ६७ केजीमुनिको कुमुतेमा नविन रसाइलीले स्वर्णपदक जिते ।

उसुमा छाङ क्वान थाउलोमा सुस्मिता तामाङ र विजय सिंजालीले स्वर्णपदक जिते । तेक्वान्दोमा ४६ केजीमुनि तौल समूहमा काजल श्रेष्ठ र ६८ केजीमुनि तौल समूहमा वीरबहादुर महराले स्वर्णपदक दिलाए । ट्रायथलनअन्तर्गत्को दुवाथलनमा हिमाल टमाटाले स्वर्णपदक जिते । नेपालले मंगलबारसम्म २३ स्वर्ण, ९ रजत र १२ कास्यसहित ४४ पदक जितेको छ ।

दोस्रो स्थानको भारतले १२ स्वर्ण, १२ रजत र ९ कास्यसहित ३३ पदक जितेको छ । तेस्रो स्थानको श्रीलंकाको ५ स्वर्ण, १४ रजत र २७ कास्यसहित ४६ पदक रहेको छ । चौथो स्थानको पाकिस्तानको ५ स्वर्ण, ११ रजत र ९ कास्यसहित २५ पदक जितेको छ ।

बंगलबादेश ४ स्वर्ण, ३ रजत र २१ कास्यसहित २८ पदक बटुल्दै पाँचौं स्थानमा छ । एक स्वर्णपदक जितेको माल्दिभ्स छैटौं स्थानमा छ भने पुछारको भुटानले ३ कास्यपदक जितेको छ ।

नेपालले सोमबारमात्रै तेक्वान्दो र करातेमा ७/७ तथा ट्रायथलनमा एक गरी एकैदिन १५ स्वर्णपदक जितेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!